बगनासकालीको अध्यक्षमा चार र उपाध्यक्षमा दुई महिला उम्मेदवार

तानसेन । पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा चार जना महिलासहित ७ जनाले मनोनयन दर्ता गरेका छन् ।

यस्तै उपाध्यक्ष पदका लागि दुई महिलासहित ५ जनाले उम्मेदवारी दिएका छन् । बैशाख३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पालिकाको अध्यक्ष पदका लागि नेकपा एमालेबाट सरस्वती चिदी, गठबन्धन दलबाट सुनीता अधिकारी, जनता समाजबादी पार्टीबाट मीना कुमारी गाहा तथा स्वतन्त्र उम्मेद्वार अम्बीका पान्डेले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै अध्यक्ष पदकै लागि मङोल नेशनल अर्गनाइजेशन पार्टीबाट टोपबहादुर खाम्चा, जनमुक्ति पार्टीबाट नारायणबहादुर कुवंर, राप्रपाबाट पेउ नारायण न्यौपानेले मनोनयन दर्ता गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उपाध्यक्ष पदमा भने ५ जनाको उम्मेद्वार परेको छ ।

नेकपा एमालेबाट हरी प्रसाद पाठक, गठबन्धनमा दलबाट एकीकृत समाजवादीका खिमानन्द पान्डे, मङोलबाट चन्द्रा कुमारी देसुवा, जनमुक्तिबाट खगिसरा लामिछाने दिशा र जसपाबाट हेम बहादुर सोमैको उम्म्ेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय बगनासकालीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer