ठाकुर गैरे मतदातालाई भेट्न व्यस्त

तानसेन। निर्वाचन नजिकिएसंगै पाल्पामा पनि चुनावी रौनक बढेको छ । चुनावको मिति नजिकिएसंगै मतदातसंग भेट्न पाल्पाका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरु व्यस्त बनेका छन् । शुक्रबार पाल्पा क्षेत्र नं २ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मदेवार बनेका ठाकुर गैरे पनि मतदाता भेट्न गाउँ गाउँमा गएका छन् ।

गैरे शुक्रबार तिनाउ गाउँपालिका ६ मस्यामका मतदातालाई भेटेका छन् । गैरेले यसअघि एउटै व्यक्तिले पटक पटक मौका पाउँदा पनि पाल्पाले खास विकासको महसुस गर्न नपाएको भन्दै यसपटक गैरेलाई मत दिई विजयी गराउने मतदाताहरुले बताएका छन् ।

गैरे उम्मेदवार भएपछि क्षेत्र नं. २ मा मात्रै १ हजार बढी युवाहरु अन्य पार्टी परित्याग गरि एमालेमा प्रवेश गरिसकेका छन् भने दैनिक रुपमा पार्टी प्रवेश गर्नेहरु बढ्दै गएको एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताए ।

सिद्धबाबा सुरुङ मार्ग, बुटवल र पोखरा सडकखण्डको दूरी कम गर्ने, छिमेकी जिल्ला जोड्ने सडकको स्तरोन्नति, आवश्यक स्थानमा पुल निर्माण जस्ता विकासको अगुवाई गर्न युवा नेता गैरेलाई संसदमा निर्वाचित गराएर पठाउनु पर्दछ भन्ने जनमत पाल्पामा बढ्दै गएको एमाले निकट नेताहरुले बताएका छन् ।

कृषिमा बजेट वृद्धि र बजारीकरण, कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, सिद्धार्थ राजमार्ग जस्ता सडकको स्तरवृद्धि आफ्नो प्राथमिकता रहेको गैरेले बताएका छन् ।

यस्तै युवाहरुलाई उद्यमशीलतातर्फ जोड्न, बालबालिका, युवा, महिला, दलित, जेष्ठ नागरीक, अपाङ्ग, एकल महिला लगायतको हकहितको रक्षा आदिवासी जनजातिकोपहिचान गर्न संस्कृतिको संरक्षण गर्न, तानसेन बुटवल सडकलाई स्तरोन्नति गर्न, कालीगण्डकी करिडोरको राम्दी रिडी सडक निर्माण दु्रत गतिमा गर्न, रुरु मोक्ष सरोवर, माण्डव्य सरोवर निर्माण गरी आयमुखी पर्यटन परियोजना सञ्चालन गर्न, पाल्पाका ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण र विकासका साथै आवश्यक पर्यटन पूर्वाधार विकास गर्न लागि पर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer