मोबाइल आयात ३५ प्रतिशतले घट्यो
काठमाडौं, जेठ १२ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा मोबाइल सेटको आयात ३५ प्रतिशतले घटेको छ ।
गत आवको सही अवधिमा ५५ लाख १० हजार मोबाइल सेट भित्रिएको थियो । तर, यो वर्ष त्यो संख्या खुम्चिएर ३५ लाख ८५ हजारमा झरेको भन्सार विभागले जनाएको छ । मोबाइल आयात घट्दा पनि राजश्व भने बढेको छ ।
गत वर्ष यही समीक्षा अवधिमा २१ अर्ब १७ करोड मूल्य बराबरको मोबाइल नेपाल भित्रिएको थियो । यो वर्ष १६ अर्ब ४ करोडको मात्रै मोबाइल आयात भएको छ ।
गत वर्ष सुरुको १० महिनामा मोबाइलबाट २ अर्ब ७५ कर...




