नेपाल र अष्ट्रियाबीच ऊर्जामा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र अष्ट्रियाबीच ऊर्जा क्षेत्रमा आपसी सहयोग आदानप्रदान गर्ने विषयमा समाझदारी भएको छ । दुई मुलुकबीच ऊर्जा सम्बन्धी पूर्वाधार र प्रविधिमा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । अष्ट्रियाको राजधानी भियनामा बुधबार नेपालका तर्फबाट ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधि मन्त्री उन्ड््र्रे्स  रेईचार्डटले समाझदारी पत्र MoU मा हस्तक्षर गरेका हुन् । दश बु“दे समझादरी पत्रमा वैकल्पिक ऊर्जाको क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि दुई मुलुकबीच सहकार्य गर्ने उल्लेख छ ।

साथै परियोजनाहरुको पहिचान गरि संयुक्त कार्यसमुह बनाएर काम गर्ने समेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।   यो सझदारीलाई नविकरणीय ऊर्जा र ग्रिन इनर्जीको क्षेत्रमा दुवै मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ । यसले दुई मुलुकबीचको मैत्रिपूर्ण सम्बन्ध विस्तार र सहकार्यमा समेत बल पुग्ने अपेक्षा गरिएको छ ।  विगतमा भारत, बंगलादेश, चीन लगायत मुलुकसंग भएको यस्तै किसिमको समझदारी नेपालको आर्थिक विकासका लागि फलदायी भएको बताउ“दै मन्त्री पुनले अष्ट्रियासंगको समझदारी पनि नेपालको आर्थिक समृद्धिका लागि थप कोशेढुङ्गा साबित हुने बताए ।

समाचार दैनिकसंग कुरा गर्दै मन्त्री पुनले भने, “नविकरणीय ऊर्जा र ग्रिन इनर्जीको क्षेत्रमा अष्ट्रियासंगको सहकार्यले नेपाललाई भोलिका दिनमा ऊर्जा उत्पादनमा धेरै ठूलो टेवा पुग्ने अपेक्षा गरेको छु ।”  हस्ताक्षर कार्यक्रममा मन्त्री रेईचार्डटले जलविद्युत र वैकल्पिक ऊर्जा क्षेत्रमा रहेको लामो समयको अनुभव नेपालसंग बाढ्दै सहकार्य गर्न आफूहरु तयार रहेको बताएका थिए । 

तपाईको प्रतिक्रिया