
काठमाडौं, जेठ ८। गृहमन्त्री रामबहादुर थापाले पाँचथर म्याक्लाजुङ हत्याको वास्तविकता चाँडै सार्वजनिक गरिने बताउनु भएको छ ।
म्याक्लाजुङ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको वीभत्स हत्या भएको छ । बमबहादुर फियाक र ज्वाई धनराज शेर्मा परिवारलाई विभत्स गरिएको हो ।
‘सामूहिक हत्या सुरक्षा निकायले अनुसन्धान गरिरहेको छ’ उहाँले बुधबार राष्ट्रियसभ बैठकमा भन्नुभयो, ‘हत्याको तथ्य छिट्टै सार्वजनिक हुन्छ ।’
मन्त्री थापाले हत्या अनुसन्धानमा सक्दो सहयोग गर्न त्यहाँका बासिन्दालाई आह्वान गर्नुभएको छ । गृहमन्त्री थापाले घटनास्थलमा भििटएका ९ जना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा एक जनाको शव पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको जानकारी दिनुभयो ।
हत्या अनुसन्धानका लागि नेपाल प्रहरीे केन्द्रीय अनुसन्धान ब्युरो टोली घटनास्थल पुगेको छ । घटनामा भागेर बाँच्न सफल १३ वर्षीय बालिका सिता खुजुमको दमकस्थित अस्पतालमा उपचार भइरहेको छ । मन्त्री थापाले उनको उपचार व्यवस्था मिलाइएको बताउनु भयो ।