प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदानः यस्ता छन् चुनाव चिह्न
काठमाडाैं। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ । आयोगमा दर्ता भएका १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएकामा १०२ राजनीतिक दललाई एकल रुपमा चुनाव चिह्न प्रदान गरिएको हाे ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १२ राजनीतिक दलले संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने भनी आवेदन दिएकाले संयुक्त चुनाव चिह्न प्रदान गरिएको हो । यस आधारमा आयोगले कूल १०७ वटा चुनाव चिह्न प्र...








