त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको सभापतिमा अखिल क्रान्तिकारीका मिलन घर्तिमगर

पाल्पा । त्रिभुवन विश्वविद्यालय स्थापना हुनुअघि नै स्थापित त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सभापति पदमा अखिल क्रान्तिकारीका मिलन घर्तिमगर विजयी भएका छन्।

बुधबार सम्पन्न मतगणनामा उनले ३९० मत प्राप्त गर्दै प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेविसंघ) का कृष्ण अर्याललाई पराजित गरे। अर्यालले ३४२ मत प्राप्त गरेका थिए। निर्वाचन अधिकृत जीवन बहादुर थापाका अनुसार निर्वाचनमा कुल १,२२८ मत खसेका थिए।

स्ववियुको सचिव पदमा नेपाल विद्यार्थी संघका सुशिल बस्याल ५१७ मत प्राप्त गर्दै निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत प्राप्त गरे।

कोषाध्यक्ष पदमा नेपाल विद्यार्थी संघकी मिस्मा रानाले ४१६ मत प्राप्त गर्दै विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी गंगादेवी बाह्रघरेले ३४५ मत प्राप्त गरिन्।

स्ववियु सदस्य पदमा विभिन्न विद्यार्थी संगठनका उम्मेदवारहरू निर्वाचित भएका छन्। विजयी हुने सदस्यहरूमा नेविसंघकी आशिका विश्वकर्माले ३९०, ज्योति दर्लामीले ४२६, तोरण रास्कोटीले ३८७, नविन थापाले ३९८, बबिता थापाले ४०५, सुजल भटराईले ४५२ मत प्राप्त गरे। त्यस्तै, अखिल क्रान्तिकारीकी इच्छा थापाले ३६० मत प्राप्त गर्दै सदस्य पदमा निर्वाचित भइन्।त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनमा भएको निर्वाचनमा कुल १,८९४ मतदाता रहेका थिए।

तपाईको प्रतिक्रिया