
पाल्पा। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा (एमाले) को तर्फबाट दुई पाल्पाका झपेन्द्र जिसी र दाङकी तुलसा केसीले उम्मेव्दारी दर्ता गरेका छन् । महिला सिटका लागि केसी तथा अन्यबाट जिसीले उम्मेद्वारी दिएका हुन् ।
निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेकाअनुसार केसीको प्रस्तावकमा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य सीता शर्मा चौधरी छन् । यस्तै घर्तीको प्रस्तावकमा लुम्बिनी प्रदेश सभा सदस्य गिरिधारीलाल न्यौपाने र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरी छन् ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि दुई सिटमा निर्वाचन हुने छ । जसका लागि सत्ता गठबन्धनको तर्फबाट पनि दुई जनाले उम्मेदवारी दिएका छन् ।