राष्ट्रिय सभा निर्वाचनः १९ सीटमा ५२ जनाको उम्मेद्वारी

काठमाडौं। राष्ट्रिय सभा निर्वाचनः राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेशस्थित नर्विाचन अधिकृतको कार्यालयहरुमा विभिन्न दलबाट ५२ जनाले मनोनयन दर्ता गेका छन् । आउदो माघ १ज्ञ गते हुने निर्वाचनका लागि ५२ जनाले मनानयन दर्ता गरेका हुन् ।
निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ ६ , अपाङ्गता भएका व्यक्ति वा अल्पसङख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।

कुन प्रदेशमा कतिको उम्मेदवारी;

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालकाअनुसार कोशी प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट जम्मा पाँच जनाले उम्मेदवारी दिएका छन् ।
यस्तै मधेस प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट पाँच जनाकै उम्मेद्वारी परेकाे छ ।

बागमती प्रदेशमा महिला समूहका लागि चार राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि चार राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट जम्मा १५ उम्मेद्वारी परेको प्रवक्ता शर्माले बताए ।

यस्तै गण्डकी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट आठ जनाको उम्मेद्वारी परेको छ ।

लुम्बिनी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट सात जनाको उम्मेद्वारी परेको निर्वाचन आयोगले जनाएको छ ।

कर्णाली प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट छ जना तथा सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट छ जनाकै उम्मेदवारी परेको आयोगले जनाएको छ ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुने कार्यसूची छ ।

 

तपाईको प्रतिक्रिया