माघे संक्रान्तिको अवसरमा खाना महोत्सव
तानसेन। पाल्पामा माघे संक्रान्तिको अवसरमा सास्कृतिक प्रस्तुतिसहितको खाना महोत्सव सम्पन्न भएको छ। जिल्ला सदरमुकाम तानसेनको टुँडिखेलमा नेपाल मगर महिला संघले एक दिने माघी मगर खाना महोत्सव आयोजना गरेको हो।
महोत्सवमा वन नाम्या, बारा अर्थात् बटुक, सेल, कोदोको सेलरोटी, तरुल, सखरखण्ड, मेवाको अचार, बंगुर र कुखुरकाका मासुका परिकारसहितका खानाका स्टल राखिएको थियो । परम्परागत खानाका परिकारहरु, स्थानीय उत्पादनहरु समेत प्रदर्शनीका लागि राखिएको संघकी अध्यक्ष राधा थापा मगरले बताइन् । मगरसह...










