दश जिल्ला समेटिएको गीत ‘बैनीको घर कहाँ पर्यो’

तानसेन। रोइला गायकका नामले परिचित कलाकार पुरुषोत्तम गैरेले हालै सार्वजनिक गरेको लोक गीतले दर्शकको मन जित्न सफल भएको छ। गैरेसंगै सिम्रन परियार र रुपी सिंजालीको स्वर रहेको गीतको भिडियो एक सातामै १४ लाख दर्शकले हेर्न सफल भएका हुन् ।

गीतको शब्द संगीत गैरे स्वयमकै रहेको छ। पाल्पासहित १० जिल्लाको नाम जोडेर तयार परिएको गीतको भिडियोमा तेजश रेग्मी, सिम्रन परियार, आकाश नेपाली, रचना न्यौपाने र श्रेया गैरेले अभिनय गरेका छन् ।

स्मृती तिमिल्सिनाको (गुरुआमा)को निर्देशनमा तयार भएको गीतको भिडियो छायाँकन महेश महराले गरेका छन् भने, दृश्य सम्पादन अमृत चापागाईले गरेका छन् ।

गैरे स्वयमको युट्युव च्यानलबाट भिडियो सार्वजनिक भएको छ । विभिन्न जिल्लाको यात्रालाई समेटेर तयार पारेको गीतले निकै माया पाएको अनुभव गैरेको छ। दर्जनबढी गीत सार्वजनिक गरेका गैरले हालसम्मकै धेरै रुचाहिएको गीतका रुपमा यो गीतले बजार तताएको दावी गरेका छन् ।

गैरे भन्छन्, “दैनिक युट्युव, टिकटक र फेसबुकको रिलमा भिडियो हेर्ने र बनाउने बढेका छन् । धेरै होसला मिलेको छ। युवा पुस्तालाई लक्षित गरेर तयार भएको गीतले धेरैको मन तानेकोमा निकै खुसी छु।”

उनी थप्छन्,-“नेपालका सुन्दर जिल्लाहरू हाम्रा पहिचान हुन्, र मन त थियो ७७ वटै जिल्लाको नाम गीतमा समेट्ने। तर शब्द, लय र समयको सीमा भए पनि, यो गीत मेरो मात्र होइन, सम्पूर्ण नेपालीको माया र गौरवलाई समर्पित छ। जुन १० जिल्लाका नाम समेट्न सकियो, तिनलाई प्रतिनिधि मान्दै बाँकी जिल्लाहरूलाई पनि मनले समेटेको छु। आशा छ, तपाईंहरूले माया गरिरहनुहुनेछ।”

 

हेर्नुहोस गीतको भिडियो

तपाईको प्रतिक्रिया