चुल्होदेखि जागिरसम्मः पाल्पाका महिलाहरू

चुल्होदेखि जागिरसम्मः पाल्पाका महिलाहरू
पाल्पा । जिल्लाको पश्चिम भेगमा रैनादेवी छहरा गाउँपालिका बडा न५,मुझुङगमा एउटा सानो गाउँ, दहचोक । सोही गाउँमा वस्नुहुन्छ पैतालीस वर्षकी पदमा कार्की । बिहानको झुल्के घामसँगै पदमाको दैनिकी सुरु हुन्छ। धेरैका लागि बिहानको समय चिया र आरामको क्षण होला, तर पदमाका लागि यो समय धेरै कामको लागि परीक्षा जस्तै बनेको छ । एक कुशल गृहिणीको रूपमा पदमाको बिहान निकै व्यस्त रहन्छ । भान्छाको काम, सरसफाइ र परिवारका सदस्यहरूको आवश्यकता पूरा गर्नु उहाँको पहिलो प्राथमिकता रहन्छ । गाउँले जीवन घर...

पप माविमा विपद् जोखिम न्यूनीकरण श्रोत केन्द्र

पप माविमा विपद् जोखिम न्यूनीकरण श्रोत केन्द्र
तानसेन। तानसेन नगरपालिकाले विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरण श्रोत केन्द्र पद्म पब्लिक नमुना माध्यमिक विद्यालय तानसेनमा स्थापना गरेको छ । बाढी, पहिरो, भूकम्प जस्ता विपदका विषयमा विद्यार्थीलाई ज्ञान दिन श्रोत केन्द्र स्थापना गरिएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए। उनले केन्द्रमार्फत विद्यार्थी, शिक्षक र अभिभावकलाई भूकम्प, आगलागी, पहिरो, बाढीजस्ता सम्भावित विपद् जोखिमबारे जानकारी, तालिम र अभ्यास गराइने हुँदा विपद्का समयमा अपनाउनुपर्ने सही व्यवहार...

पुस्तक व्यवसायी महासंघ पाल्पाको अधिवेशनः पुरानै नेतृत्व सर्वसम्वत

पुस्तक व्यवसायी महासंघ पाल्पाको अधिवेशनः पुरानै नेतृत्व सर्वसम्वत
तानसेन। नेपाल पुस्तक तथा स्टेसनरी  व्यवसायी महासंघ पाल्पामा पुरानै कार्य समिति सर्वसम्वत भएकाे छ ।  सनिवार सम्पन्न जिल्लाको ८ औं अधिवेशनले पुरानै समितिलाई थप एक कार्यकाल काम गर्नेगरी जिम्मेवारी प्रदान गरेकाे हाे। अधिवेशनले राम प्रसाद पन्थीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा युवराज पन्त, दितिय उपाध्यक्ष शिव प्रसाद पाण्डे सचिवमा विष्णु प्रसाद खनाल, सह सचिवमा यम बहादुर कार्की, कोषाध्यक्षमा ज्योति कार्की, सह कोषाध्यक्षमा हरी बहादुर ब...

रामपुरमा जेष्ठ नागरिक स्कुल सञ्चालन

रामपुरमा जेष्ठ नागरिक स्कुल सञ्चालन
तानसेन।  रामपुर नगरपालिकाले जेष्ठ नागरिकहरुको लागि रामघाट धाममा जेष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको छ । पाका पुस्ताको अनुभव र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्यका साथ नगरपालिकाले रामपुर–५ रामघाट धाममा स्कुल स्थापना गरी सञ्चालनमा ल्याएको हो । स्कुल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गरी नगरपालिकाले बुधबार देखि स्कुल सञ्चालन गरेको हो । जेष्ठ नागरिक स्कुल शुभारम्भ कार्यक्रम रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षता र नगर प्रमुख र...

पाल्पाका सामुदायिक र संस्थागत विद्यालयबीच असल अभ्यास र अनुभव साटासाट

पाल्पाका सामुदायिक र संस्थागत विद्यालयबीच असल अभ्यास र अनुभव साटासाट
तानसेन। पाल्पामा सामुदयिक र संस्थागत विद्यालयले गरेका असल अभ्यास र अनुभव आदान प्रदानसहितको छलफल सम्पन्न भएको छ । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले शिक्षाको गुणस्तर सुधारका लागि गरिएको अभ्यास, चुनौती र रणनीतिबारे विद्यालयका प्रधानाध्यापकसहित सरोकारवालाबीच छलफल गराएको हो। छलफलका क्रममा लुम्बिनी प्रदेश सभाका सदस्य बीर बहादुर रानाले शिक्षाको गुणस्तर सुधारका लागि सबै तहबाट पहल गर्नुपर्ने बताए। उनले परम्परागत शिकाइलाई समय सापेक्ष रुपान्तरण गरेर दक्ष जनशक्ति तयार गर्न सबै वि...

पाल्पामा बिएसी सिएस आइटी पढाई हुने

पाल्पामा बिएसी सिएस आइटी पढाई हुने
तानसेन। पाल्पामा बिएसी सिएस आइटी विषयको अध्यापन हुने भएको छ । त्रिभुवन बहुमुखी क्यापस पाल्पाले पहिलो पटक कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बिएस्सी सिएस आइटी) विषय अध्यापनका लागि स्वीकृत पाएसंगै जिल्लामै यो विषय पढ्न पाइने भएको हो। शुक्रबार क्याम्पसमा पत्रकार सम्मेलन गरी यो शैक्षिक शत्रबाट विएस्सी सिएस आइटी विषयको पठन–पाठन सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख टंकप्रसाद पन्तले बताए । विज्ञान विषय लिई कक्षा १२ वा प्रविधि धारतर्फ १०० पुर्णङ्कको फिजिक्स र १०० पुर्णङ्कको ग...

निस्दीले गर्यो कक्षा ८ सम्म निःशुल्क पढाउने व्यवस्था

निस्दीले गर्यो कक्षा ८ सम्म निःशुल्क पढाउने व्यवस्था
तानसेन। निस्दी गाउँपालिकाले सबै विद्यालयमा कक्षा ८ सम्म कुनै पनि शुल्क लिन नपाउने गरी अनुदान व्यवस्था गरेको छ । गाउँपालिकाको १७ औं गाउँसभाबाट पारित भए अनुसार पालिका भित्रका सामुदायिक विद्यालयमा कक्षा ८ सम्म कुनै पनि शुल्क नउठाउँने नीति पारित भएको हो। गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुका अनुसार यसअघि परीक्षा, भर्नालगायतमा शुल्क उठाउदै गरेकोमा अबदेखि सम्पूर्ण बालबालिकाको पहुँच, टिकाउ र गुणस्तरीय शिक्षा हासिल गराउन सोहीअनुसारको बजेट विनियोजन गरिएको हो। विद्यार्थी पलायन नियन्...

पाल्पाबाट एसईईमा ६ जनाले ल्याए ४ जीपीए

पाल्पाबाट एसईईमा ६ जनाले ल्याए ४ जीपीए
तानसेन। पाल्पा जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागीमध्ये ६ जनाले ४ जीपीए ल्याउन सफल भएका छन् । पाल्पाबाट कुल तीन् हजार ७ सय २० जना सहभागी भएकोमा दुई छात्रा र दुई छात्रले ४ जीपीए ल्याएका हुन् । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८१ को एसईईको नतिजा अनुसार जिल्लाको तीन सामुदायिक विद्यालयका र एक नीजि विद्यालयले ४ जीपीए ल्याउन सफल भएको हो । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर बाट दुई जना, देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय तानसेनबाट...

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्धारा रैनादेवी छहरामा शिक्षक सम्मान

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्धारा रैनादेवी छहरामा शिक्षक सम्मान
  पाल्पा । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन रैनादेबि छहरा गाउँ समिति, पाल्पाले नवप्रवेशी तथा बढुवा भएका शिक्षकहरूलाई सम्मान तथा बधाई दिने कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज नेत्र प्रसाद पाण्डेयले शिक्षाको माध्यमबाट सामाजिक रुपान्तरण गर्नुपर्ने बताएका छन् । उनले त्यसको नेतृत्व एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले सम्भव भएको बताए ।युवराज थापा र जिल्ला अध्यक्ष बसुदेव अर्यालले शिक्षक समस्या समाधान गरी शैक्षिक रुपान्तरण आवश्यक रहे...

निवृत्त शिक्षक ईमानसिंह कुँवरद्वारा सात विद्यालयमा अक्षयकोष स्थापना

निवृत्त शिक्षक ईमानसिंह कुँवरद्वारा सात विद्यालयमा अक्षयकोष स्थापना
पाल्पा । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७ डबका निवासी निवृत्त शिक्षक ईमानसिंह कुँवरले आफ्नो ८४ औँ जन्मोत्सव तथा चौरासी पूजाको पूर्व सन्ध्यामा शिक्षा क्षेत्रप्रतिको अगाध समर्पणको सन्देश दिने गरी सात वटा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन  । कुँवर दम्पती (ईमानसिंह कुँवर र श्रीमती हिराकुमारी कुँवर) द्वारा स्थापित उक्त अक्षयकोष अन्तर्गत प्रति विद्यालय रु २५,००० का दरले जम्मा रु १,७५,००० बराबरको अक्षयकोष रकम प्रदान गरिएको हो । यो कोषबाट प्राप्त हुने व्याज रकमले आर्थिक र...