
पाल्पा । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन रैनादेबि छहरा गाउँ समिति, पाल्पाले नवप्रवेशी तथा बढुवा भएका शिक्षकहरूलाई सम्मान तथा बधाई दिने कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज नेत्र प्रसाद पाण्डेयले शिक्षाको माध्यमबाट सामाजिक रुपान्तरण गर्नुपर्ने बताएका छन् । उनले त्यसको नेतृत्व एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले सम्भव भएको बताए ।युवराज थापा र जिल्ला अध्यक्ष बसुदेव अर्यालले शिक्षक समस्या समाधान गरी शैक्षिक रुपान्तरण आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम सङ्गठनका अध्यक्ष यादब घर्तिको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमका्े संचालन संगठनका सचिव देबबहादुर थापाले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संगठनका उपाध्यक्ष विष्णु कोइरालाले राखेका थिए ।
कार्यक्रममा नवप्रवेशी र बढुवा भएका शिक्षकहरूलाई सम्मानपत्र प्रदान गर्दै उनीहरूको शिक्षाक्षेत्रमा समर्पण र योगदानको प्रशंसा गरिएको थियो । कार्यक्रममा सहभागि शिक्षकहरूले राष्ट्र निर्माणका आधारशिला भएको उल्लेख गर्दै जिम्मेवारीपूर्वक कार्य गर्न सुझाव दिएका थिए।