स्मार्टफोनमा अब ६४ मेगापिक्सेलको क्यामरा
स्मार्टफोन फोटोग्राफीका सन्दर्भमा एप्पल आइफोन तथा गुगल पिक्सेल स्मार्टफोनलाई अग्रणी मानिन्छ । तर यो मामिलामा सामसुङ पनि कमजोर खेलाडी होइन ।
गत वर्ष सामसुङले ४८ मेगापिक्सेल आइसोसेल क्यामराका साथ स्मार्टफोन क्यामराको बजारमा तहल्का मच्चाएको थियो । यसपटक चाहिँ एक कदम अघि बढ्दै सामसुङले ६४ मेगापिक्सेल स्मार्टफोन क्यामरा तयार गर्दैछ ।
यो ६४ मेगापिक्सेल आइसोसेल ब्राइट जी डब्लु वान क्यामरा सेन्सरले सामसुङको टेट्रासेल प्रविधि प्रयोग गर्नेछ । साथै यो सेन्सरले १ सय डेसिबल सम्मको ...







