जापानले विश्वकै तीव्र गतिमा कुद्ने बुलेट रेलको परीक्षण गर्ने भएको छ। यस रेलले प्रतिघन्टा ४ सय किलोमिटरको दुरी पार गर्ने जनाइएको छ।
तीन वर्ष अगाडिदेखि यस रेल निर्माण गर्न थालिएको हो। यसको पूर्ण संचालन भने सन् २०३० देखि गरिने छ। यो विश्वकै तीव्र गतिमा कुद्ने बुलेट रेल हुनेछ। जसले चीनको फक्सिङ रेललाई पनि पछि पार्नेछ।
यस रेलको डिजाइन कार जोडिएर बनाइएको जस्तो छ। यस रेललाई सन् २०२० मा हुने जापान ओलम्पिक्सको आकर्षणको रुपमा समेत हेरिएको छ। एजेन्सी






