आजबाट सुरू भयो दसैंका लागि सुकिला नोट सटही

आजबाट सुरू भयो दसैंका लागि सुकिला नोट सटही
काठमाडाैं। आजबाट दसैंका लागि  सुकिला नोट सटही हुन थालेको छ। असोज १० गतेसम्म सुकिला नोट सटही गरिने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिनेछ। अधिकांश वाणिज्य बैंकहरूले पनि सुकिला नोट सटही सुविधा दिइरहेको छ। ग्राहकहरूले बैंकसँग बुझेर नजिकका स्थानमा गएर सटही सुविधा लिन सक्ने राष्ट्र बैंकका सहप्रवक्ता सुमन न्यौपानेले जानकारी दि...

रामेश्वर खनाल र कुलमान घिसिङ मन्त्री बन्ने

रामेश्वर खनाल र कुलमान घिसिङ मन्त्री बन्ने
काठमाडाैं। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले दुई जना मन्त्री टुंगो लगाएकी छन्। अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको कार्की निकट स्रोतले जानकारी दियो। प्रधानमन्त्री कार्कीले उनीहरूसँग सुरुमा फोनमा कुराकानी गरेकी थिइन्। त्यसपछि प्रधानमन्त्री कार्यालयमै बोलाएर छलफल गरी टुंगो लगाइसकेको स्रोत बताउँछ। यसबाहेक ओमप्रकाश अर्याललाई पनि मन्त्री बन्न प्रस्ताव गरिएको छ। अर्यालले अहिलेसम्म सहमति जनाइसकेका छैनन्। उनले आफू सरकार बाहिरै रहेर...

पहिलो महिला महान्यायाधिवक्ता, सविता भण्डारी बराल

पहिलो महिला महान्यायाधिवक्ता, सविता भण्डारी बराल
काठमाडौं ।  वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् । प्रधानमन्त्रीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता नियुक्त गरिएकाे हाे। आजै मात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका थिए । यो सँगै मुलुकले पहिलोपटक महिला महान्यायाधिवक्तामा पाएको छ ।

पाल्पामा निषेधाज्ञा र कर्फ्यू छैन

पाल्पामा निषेधाज्ञा र कर्फ्यू छैन
तानसेन। पाल्पामा कुनै पनि निषेधाज्ञा र कर्फ्यू आदेश जारी नगरिएको  स्थानीय प्रशासनले जनाएकाे छ।  विहीबार सर्वपक्षीय बैंठकमा बाेल्दै  पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले हाल जिल्लामा निषेधाज्ञा र कर्फ्यूआदेश जारी नगरिएको बताएकी हुन् । उनले जिल्लामा त्यस्तो कुनै अराजग गतिविधि नभएको र शान्तिपूर्ण रुपमा आन्दोलन भइरहेको हुँदा यस्ताे अादेश जारी नभएकाे बताइन् ।  "जिल्लाको अवस्था र आवश्यकतालाई हेरेर मात्र निषेधाज्ञा र कर्फ्यू जारी गर्ने व्यवस्था छ तर हामी कहाँ शा...

पाल्पामा गरे जेनजी समूहले प्रदर्शन, भोलि के हुन्छ?

पाल्पामा गरे जेनजी समूहले प्रदर्शन, भोलि के हुन्छ?
तानसेन। पाल्पामा पनि जेनजी पुस्ताको समूहले प्रदर्शन गरेका छन् । विभिन्न प्ले कार्ड बोकेका युवा पुस्ताहरुले युवा मार्न पाइदैन, भ्रष्ट्राचारीलाई फसी दे, युवालाई अवसर दे, नालायक सरकार राजीनामा दे जस्ता नारा लगाउँदै विभिन्न चोकहरुमा प्रदर्शन गरेका हुन । सोमबार बेलुका तानसेन नगरपालिका परिसरबाट सुरु भएको प्रदर्शन आन्दोलनचोक, माथिल्लो पेट्रोलपम्प, तेर्सो सडक हुँदै जिल्ला प्रशासन कार्यालय अघिसम्म पुगेको थियो। नारा जुलुससहित सडकमा उत्रिएका युवाहरुले मंखनटोल, सित्तलपाटी, नारायणस्थान...

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध कायमै राख्न प्रधानमन्त्रीकाे अडान

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध कायमै राख्न प्रधानमन्त्रीकाे अडान
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राखेपछि  प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्दै निर्णयमाथि पुनर्विचार गर्न नसकिने धारणा राखेका हुन् । यसबारे पौडेलले कांग्रेसको तर्फबाट जोडतोडका साथ जेनजीको आन्दोलन चर्किएको बेला सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध...

ट्रमा सेन्टरमा मृत्यु र घाइते हुनेहरू (नामावली)

ट्रमा सेन्टरमा मृत्यु र घाइते हुनेहरू (नामावली)
काठमाडाैं ।  जेनजी युवाहरूको प्रदर्शनका क्रममा घाइते भएका ५५ जना ट्रमा सेन्टरमा उपचारत रहेको खुलेको छ । काठमाडौंमा सोमबार भएको प्रदर्शनमा घाइते भएका ७ जनालाई ट्रमा सेन्टरले मृत घोषित गरेको थियो । अहिले अस्पतालमा मृतक र घाइतेका आफन्तको भिड लागेको छ । अस्पताल प्रशासनले मृतक र उपचारत घाइतेको नामावली गेटमा टाँसेको छ । सामाजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा काठमाडौंमा प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि घाइतेको संख्या २५० नाघेको...

गृहमन्त्री लेखकले दिए राजीनामा

गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं। गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा पुगेर गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्। गृहमन्त्री लेखकलाई पदबाट राजीनामा दिन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सोमबार साँझ बूढानीलकण्ठमा बसेको पार्टी बैठकमा आग्रह गरेका थिए। उक्त बैठकमा गृहमन्त्री लेखकले आजको घटनाबाट नैतिकताका आधारमा राजीनामा दिने बताएका थिए। लगत्तै उनी बालुवाटार पुगेर पदबाट राजीनामा दिएका हुन्।

अपडेटः जेनजी प्रदर्शनमा हालसम्म १३ जनाको मृत्यु

अपडेटः जेनजी प्रदर्शनमा हालसम्म १३ जनाको मृत्यु
काठमाडाैं । जेनजीहरूको प्रदर्शनका क्रममा हालसम्म १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको हाे। जानकारी अनुसार ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो
काठमाडाैं। जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । पछिल्लाे जानकारी अनुसार हालसम्म ९ जनाको मृत्यु भइसकेको छ । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer