वडा स्तरीय भलिबल प्रतियोगीता सम्पन्न

वडा स्तरीय भलिबल प्रतियोगीता सम्पन्न
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका २ नम्वर वडा स्तरीय भलिबल प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा झरना युवा क्लब प्रथम, झ्याला दोस्रो र शिवगुफा युवा क्लव तृतीय बनेका छन् । तिनाउ गाउँपालिका प्रवक्ता तथा वडाध्यक्ष राजेश श्रेष्ठले युवाहरुलाई खेलकुद र उद्यमशिलता विकासमा गर्ने बताए ।

रैनादेवी गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा

रैनादेवी गाउँपालिकामा  कोभिड अस्पताल सञ्चालनमा
पाल्पा । रैनादेवी गाउँपालिकामा  ५ शैयाको कोभिड १९ अस्पताल सञ्चालनमा ल्याएको छ । छहरा स्वास्थ्य चौकीको पुरानो भवनबाट कोभिड अस्पतालले सेवा प्रदान गर्ने गरी गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले उद्घाटन गरे । गाउँपालिकाबाट २ लाख र संघीय सरकारबाट ८ लाख गरि कुल १० लाख बजेटमा अस्पताल सेवा सुरु गरेको हो । गाउँपालिकाभित्रका कोरोना संक्रमित विरामीहरुको उपचारका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने समस्या अस्पताल सञ्चालनमा आएपछि हटेको छ । गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले अस्प...

दोभानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

दोभानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
पाल्पा । तिनाउ गाउँपालिकाभित्र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । फागुन २५ गतेदेखि दोभानमा प्रतियोगीता हुने प्रवक्ता राजेश श्रेष्ठले बताए । खेलमा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरु सहभागी बन्न पाउने छन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्वन्धी पालिका स्तरीय बैठकले प्रतियोगीता गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

पाल्पामा खोप समन्वय समिति तथा सञ्चारकर्मीसँग अन्तर्क्रिया

पाल्पामा खोप समन्वय समिति तथा सञ्चारकर्मीसँग अन्तर्क्रिया
पाल्पा । स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा जिल्ला स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड १९ खोपले गर्छ भन्ने मूल नाराका साथ खोपको महत्व र यसका असर सम्वन्धी जानकारी निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी सशिधर घिमिरेले खोप अभियानलाई सफल बनाउन सकारात्मक सहयोग हुने बताए । सूचना अधिकारी ओम प्रकाश बस्यालले केन्द्रका निर्देशन अनुसार खोप लगाउने ...

गुल्मीमा सडेको अवस्थामा बेवारिसे शव फेला

गुल्मीमा सडेको अवस्थामा बेवारिसे शव फेला
पाल्पा । गुल्मीको मालिकामा एक बेवारिसे शव फेला परेको छ । मालिका गाउँपालिका– ३ जुकेनमा अन्दाजी ३७ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मंगलवार गुल्मीसँगै छिमेकी जिल्ला प्युठान र बाग्लुङ सिमानामा भेटिएको शव अत्यन्तै सडेको अवस्थामा भएकाले पहिचान नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलबाट मुचुल्का उठाएर शवलाई पोष्ट मार्टक गर्न गुल्मी अस्पताल तम्घास ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले जानकारी दिए । ...

बगनासकाली खरका छानामुक्त गाउँपालिका बन्यो

बगनासकाली खरका छानामुक्त गाउँपालिका बन्यो
पाल्पा । बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष २०७६।०७७ मा फुसरहित घर अभियान शीर्षकमा ३९ लाख बजेट विनियोजन ग¥यो । सोही बजेटबाट फुसरहित घरका छाना विस्थापित गरी जस्ता पाताका छानाले ११४ घर टल्किएका छन् । आर्थिक रुपमा विपन्न परिवारहरु फुसका छानाहरु हटाउन र जस्तापाताले घरका छाना टल्काउन आर्थिक रुपमा समस्या खेपेका थिए । विस २०७२ सालमा नेपालमा संविधान जारी भयो । सोही संविधानमा नेपालको शासन केन्द्र, प्रदेश र स्थानीय सरकारबाट हुने उल्लेछ छ । स्थानीय सरकार नागरिकको नजिकको र सहज पहुँच ह...

दलित उत्थानलाई बजेटमा उपेक्षा

दलित उत्थानलाई बजेटमा उपेक्षा
पाल्पा । रैनादेवी गाउँपालिकाले आर्थिक वर्ष २०७६।०७७ मा दलित क्षमता विकास कार्यक्रम अन्र्तरगत ५ लाख १५ हजार  बजेट विनियोजन गरयो । त्यसमध्ये तीन लाख दश हजार रुपैयाँ खर्च गरयो । बाँकी २ लाख ५ हजार बजेट खर्च भएन । बाख्रा र बाजाको शीर्षकमा अधिकाश बजेट खर्च भयो । शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर तथा अन्य गतिविधि भएनन । वार्षिक नीतिमा दलित भएका व्यक्तिलाई लोभ्याउने कार्यक्रम राखिएपनि ती कार्यक्रम लागू भएका छैनन । यस गाउँपालिकाले साना कार्यक्रम राखेर दलित समुदायलाई चुप बनाएको छ ।...

सैनामैना मेयर कपमा मुर्गिया विजयी

सैनामैना मेयर कपमा मुर्गिया विजयी
अम्बिका परियार सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा जारी तेस्रो मेयरकप फुटबल प्रतियोगितामा मंगलबार मुर्गिया एफसी ( सुर्योदय ) विजयी भएको छ । नवकन्चन एफसी र मुर्गिया एफसी सुर्योदयबिच भएको खेलमा ३ – १ को गोल अन्तरले मुर्गिया विजयी भएको हो । सैनामैना ७ देवापार स्थित सरस्वती माध्यमिक विद्यालयको खेलमैदानमा चलिरहेको प्रतियोगितामा मुर्गिया एफसीका विनय क्षेत्रीले खेलको पहिलो हाफको २६ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसैगरी मुर्गियाकै अरुण चौधरीले २ गोल गरे ...

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer