गुल्मीमा सडेको अवस्थामा बेवारिसे शव फेला

पाल्पा । गुल्मीको मालिकामा एक बेवारिसे शव फेला परेको छ ।

मालिका गाउँपालिका– ३ जुकेनमा अन्दाजी ३७ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मंगलवार गुल्मीसँगै छिमेकी जिल्ला प्युठान र बाग्लुङ सिमानामा भेटिएको शव अत्यन्तै सडेको अवस्थामा भएकाले पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट मुचुल्का उठाएर शवलाई पोष्ट मार्टक गर्न गुल्मी अस्पताल तम्घास ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया