
पाल्पा । तिनाउ गाउँपालिकाभित्र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
फागुन २५ गतेदेखि दोभानमा प्रतियोगीता हुने प्रवक्ता राजेश श्रेष्ठले बताए ।
खेलमा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरु सहभागी बन्न पाउने छन् ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्वन्धी पालिका स्तरीय बैठकले प्रतियोगीता गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।