सैनामैना मेयर कपमा मुर्गिया विजयी

अम्बिका परियार
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा जारी तेस्रो मेयरकप फुटबल प्रतियोगितामा मंगलबार मुर्गिया एफसी ( सुर्योदय ) विजयी भएको छ । नवकन्चन एफसी र मुर्गिया एफसी सुर्योदयबिच भएको खेलमा ३ – १ को गोल अन्तरले मुर्गिया विजयी भएको हो ।

सैनामैना ७ देवापार स्थित सरस्वती माध्यमिक विद्यालयको खेलमैदानमा चलिरहेको प्रतियोगितामा मुर्गिया एफसीका विनय क्षेत्रीले खेलको पहिलो हाफको २६ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसैगरी मुर्गियाकै अरुण चौधरीले २ गोल गरे । उनले खेलको ४९ औँ र ५९ औँ मिनेटमा गोल गरे । मुर्गियाको ३ गोले सँगै नवकन्चन एफसी भने दबाबमा परेको थियो । नवकन्चनको पटक पटकको प्रयासमा असमन पुनले खेलको ६६ औँ मिनेटमा गोल फर्काउन सफल भए । तर, उक्त गोल जितका लागि भने प्रर्याप्त हुन सकेन । मंगलबारको खेलमा मुर्गिया एफसीका अरुण चौधरी म्यान अफ दि म्याच घोषित भए ।

सैनामैना नगरको आयोजना तथा जनप्रिय स्पोर्टिङ्ग युवा क्लबको व्यवस्थापनमा चलिरहेको प्रतियोगितामा वुधवार फोर ब्रर्दश नवलपरासी र फुलबारी गाइजबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेताले २ लाख २२ हजार २२२ नगद राशीसहित ट्रफि, मेडल र शिल्ड प्राप्त गर्ने छ भने उप–विजेताले १ लाख ११ हजार १११ रुपैयाँ सहित ट्रफि, मेडल र शिल्ड प्राप्त गर्नेछ । यसैगरी विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई समेत पुरस्कृत गरिनेछ ।

तपाईको प्रतिक्रिया