रैनादेवी गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा

पाल्पा । रैनादेवी गाउँपालिकामा  ५ शैयाको कोभिड १९ अस्पताल सञ्चालनमा ल्याएको छ ।

छहरा स्वास्थ्य चौकीको पुरानो भवनबाट कोभिड अस्पतालले सेवा प्रदान गर्ने गरी गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले उद्घाटन गरे ।

गाउँपालिकाबाट २ लाख र संघीय सरकारबाट ८ लाख गरि कुल १० लाख बजेटमा अस्पताल सेवा सुरु गरेको हो । गाउँपालिकाभित्रका कोरोना संक्रमित विरामीहरुको उपचारका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने समस्या अस्पताल सञ्चालनमा आएपछि हटेको छ ।

गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले अस्पतालको उद्घाटन गर्दे विश्वमा माहामारीको।रुपमा फैलिएको कोरोनाका कारण नागरिकहरुलाई बाहिर उपचारको लागि जान नपरोस भनि अस्पताल सञ्चालनमा ल्याएको बताए ।

अध्यक्ष कार्कीले कोरोनाबाट स्वदेश फिर्ता भएका युवाहरुलाई स्वरोजगार बनाउन युवाहरुलाई कृषिमा अनुदानका कार्यक्रम तथा बाझो जमिनको सदुपयोग गर्ने नागरिकहरुलाई प्रति रोपनी अनुदानको व्यवस्था गरिएको बताए ।

गाउँपालिकाकी उपाध्यक्ष चेत कुमारी थापाले गाउँपालिकाले आफनै पालिकामा अस्पताल निमार्ण गरेकोले कोविड सम्बन्धी लक्षण देखिएमा नागरिकहरुलाई अस्पतालमा आई उपचार गर्न आग्रह गरेकी थिइन ।

प्रमुख प्रशासकिय अधिकृत इन्द्र बहादुर खत्रीले मानिसको सबैको भन्दा ठुलो सम्पति स्वास्थ्य भएको बताए ।

गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले गरिब तथा दैनिक मजदुरी गर्ने कृषकहरुलाई राहत वितरण लगाएत काम गरेको बताए ।

उनले ५५ बर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकहरुलाई खोप अभियान सञ्चालन गरिने बताउदै तयस अभियानमा नागरिकहरु उपस्थित हुन आग्रह गरेका थिए ।

अस्पतालमा एक जना एम वि वि एस डाक्टर सहितको स्वास्थ्य कर्मी रहेने छन । जस्ले २४ घण्टै विरामी सेवा प्रदान गर्ने पालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया