
पाल्पा । स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा जिल्ला स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।
स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड १९ खोपले गर्छ भन्ने मूल नाराका साथ खोपको महत्व र यसका असर सम्वन्धी जानकारी निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।
पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी सशिधर घिमिरेले खोप अभियानलाई सफल बनाउन सकारात्मक सहयोग हुने बताए ।
सूचना अधिकारी ओम प्रकाश बस्यालले केन्द्रका निर्देशन अनुसार खोप लगाउने काम हुने बताए ।उनले सक्रिय संक्रमण भएको अवस्था खोप नलगाउने भनिएको हो । १२ हजार खोप पाल्पामा अझै प्राप्त रहेको बताए ।
सञ्चारकर्मीले कोरोना भाइरस र खोप सम्वन्धी भ्रम चिरेर अघि बढ्न स्वास्थ्य कार्यालय पाल्पालाई अनुरोध गरेका थिए ।
कार्यक्रममा जिल्लाका सक्रिय पत्रकारहरुको उपस्थिति रहेको थियो ।