प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

पाल्पा। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार बेलुका ६ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकको मुख्य एजेण्डा भने बाहिरिएको छैन् । उद्यपी काठमाडौंसहित देशका मुख्य शहरहररुमा जेनजीहरूको प्रदर्शन र प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालका विषयमा बैठकमा छलफल हुने आकलन गरिएको छ । यसअघि सोमबार दिउँसो नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले भेटर जेनजीको प्रदर्शन र सामाजिक सञ्जान संचालनका विषयमा प्रधान...

जेनजी प्रदर्शनः ६ जनाको मृत्यु

जेनजी प्रदर्शनः ६ जनाको मृत्यु
पाल्पा। जेनजी प्रदर्शनमा हालसम्म ६ जनाको मृत्यु भएको छ। काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत एक जना, सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको बताइएको छ । यस्तै प्रदर्शनका क्रममा गम्भीर घाइते भएका कम्तीमा २० जनाको उपचार भइरहेको छ । उपत्यका बाहिर पनि पदर्शन चर्किएको छ । केही पत्रकारहरु पनि घाइते भएका छन् ।

रामपुर खानेपानीको अध्यक्षमा भट्टराई विजयी

रामपुर खानेपानीको अध्यक्षमा भट्टराई विजयी
तानसेन। रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा कमलराज भट्टराई निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न मतगणनाअनुसार हजुल मियाँलाई १९४ मतले पछि पार्दै भट्टराई निर्वाचित भएका हुन् । भट्टराईले एक हजार ३०६ मत र मियाँले एक हजार ११२ मत प्राप्त गरेका थिए। नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा बामपन्थी दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगाएतका दलहरूको संयुक्त प्यानल र नेपाली कांग्रेसको प्यानल ...

आज यी ठाउँमा हुन सक्छ भारी वर्षा

आज यी ठाउँमा हुन सक्छ भारी वर्षा
काठमाडाैं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको बताएको छ। जसका प्रभावले आज देशको विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। महाशाखाले मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) भने सरदर स्थानको आसपासमा नै बताएको छ। आइतबार देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना र...

पाल्पाको तानसेन नगरपालिकामा ‘तीज गीत’ प्रतियोगिता, मेहलधारा टोल विकास संस्था प्रथम

पाल्पाको तानसेन नगरपालिकामा ‘तीज गीत’ प्रतियोगिता, मेहलधारा टोल विकास संस्था प्रथम
पाल्पा-तानसेन नगरपालिकाले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नगरस्तरीय तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । हराउन लागेको कला र सस्कृतिको जर्गेना गर्न नगरपालिकाले प्रतियोगिता आयोजना गरेको जनाएको छ । “महिलाहरुको सहभागिता शुशासन दिगो विकास र पारर्दशिता,“ विषयमा भएको प्रतियोगितामा प्रथम मेहलधारा टोल विकास संस्था, द्वितीय नारनडाडा शिवालय टोल विकास संस्था, तृतीय सिर्जनशील टोल विकास संस्थाले स्थान हासिल गरेका छन् । साथै शान्तवना समाज टोल...

स्थानीय तहमा महिला जनप्रतिनिधिहरुको अर्थपूर्ण सहभागिता गराउने

स्थानीय तहमा महिला जनप्रतिनिधिहरुको अर्थपूर्ण सहभागिता गराउने
पाल्पा । दलित महिला केन्द्र र तानसेन नगरापलिकाको आयोजनामा प्रभावकारी र समावेशी स्थानीय सरकारको सवलीकरण कार्यक्रम अन्तरगत स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिहरुको सहभागिता सुनिश्चित गर्न नगरस्तरीय राजनैतिक पार्टीका प्रतिनिधिहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । द एसिया फाउडेसनको प्राविधिक सहयोगमा सञ्चालिन परियोजनाले स्थानीय तहमा महिला जनप्रतिनिधिहरुको अर्थपूर्ण सहभागिता गराउने उद्देश्यका साथ सो कार्यक्रम सम्पन्न भएको हो । तानसेन नगरपालिकाकी नगर ...

कालीगण्डकी तिनाउ डाइर्भसन निर्माण सरकारको प्राथमिकतामा छ:अर्थमन्त्री पौडेल

कालीगण्डकी तिनाउ डाइर्भसन निर्माण सरकारको प्राथमिकतामा छ:अर्थमन्त्री पौडेल
तानसेन।  नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी डाइर्भसनको काम अघि बढेको बताएका छन् । उनले अदालतबाट मुद्दा मामिला र विवाद टुंगिएको बताउँदै चालु आर्थिक वर्षमा सिचाइँको महत्वपूर्ण आयोजनाका रुपमा काम अघि बढ्ने बताए। आइतबार नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अर्थमन्त्री पौडेलले अब इआइए र डिपिआर निर्माणका काम सकेर स्रोत सुनिश्चित गरेसंगै निर्माणको काम अघि बढ्ने बताए । सिंचाइँका लागि महत्वपूर्ण स्रोत कालीगण्डकी भएका...

भगवतीको सिन्दुर जात्रासहित २०६ औँ रथ यात्रा निकालियो

भगवतीको सिन्दुर जात्रासहित २०६ औँ रथ यात्रा निकालियो
तानसेन। श्री ७ रणउजिरेश्वरी भगवतीको २०६ औँ रथ यात्रा निकालिएको छ । आइतबार दिउँसो नित्य पूजासहित १२ः३० बजेको उत्तम साइतमा सिन्दूर यात्रासहित भगवतीको रथलाई नगर परिक्रमा गराइएको हो। नेपाल–अङ्ग्रेज युद्धमा विजयी हासिल गरेको सम्झनामा भगवतीको रथ सहितको सिन्दूर जात्रा निकाल्ने प्रचलन छ । रथयात्रामा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधान सेनापति बलाधिकृत रथी श्री अशोकराज सिग्देल,संघीय सासंद, प्रदेशका सभामुख, मन्...

पाल्पाभर आइतबार सार्वजनिक बिदा

पाल्पाभर आइतबार सार्वजनिक बिदा
तानसेन। लुम्बिनी प्रदेश सरकारले आगामी भाद्र १ गते आइतबार पाल्पा जिल्लामा सार्वजनिक बिदा दिने भएको छ । रणउजिरेश्वरी भगवतीको रथ यात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले जिल्लाभर सार्वजनिक बिदा दिने भएको हो। बिदाका लागि शुक्रबार लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रकाशित सूचना अनुसार प्रदेश मन्त्रिपरिषद्को २०८१ साल चैत १४ गतेको निर्णय अनुसार पाल्पामा भगवती जात्रा मनाइने भएकाले विदा दिने निर्णय गरिएको हो । नेपाल र इस्ट इन्डिया कम्पनीबीच वि.सं. १८७१–...

नगरपालिका स्तरीय रेडक्रस तीज रनिङ शिल्डको उपाधि न्यू होराइजनलाई

नगरपालिका स्तरीय रेडक्रस तीज रनिङ शिल्डको उपाधि न्यू होराइजनलाई
पाल्पा । तानसेन नगरपालिका स्तरीय रेडक्रस तिज रनिङ शिल्डको उपाधी न्यू होराइजन इङलिस बोर्डिङ स्कुलले हात पारेको छ । युवा रेडक्रस सर्कल पद्म पब्लिक नमुना माविले आयोजना गरेको रनिङ शिल्डमा न्यू होराइजन प्रथम हुँदा बिजु इङलिश बोर्डिङ स्कुल दोस्रो र भुषालडाँडा माध्यमिक विद्यालयले तृतीय स्थान प्राप्त गरेको हो । विजेता विद्यालयलाई तानसेन नगरपालिका वडा नं.३ का वडाध्यक्ष बाबुरत्न शाक्यले नगदसहित प्रमाणपत्रले सम्मान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि शाक्यले रेडक्रस स्वयंसेवी संस्थ...

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer