आज यी ठाउँमा हुन सक्छ भारी वर्षा

काठमाडाैं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको बताएको छ। जसका प्रभावले आज देशको विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ।

महाशाखाले मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) भने सरदर स्थानको आसपासमा नै बताएको छ।

आइतबार देशभर साधारणतया बदली रहनेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आइतबार राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer