तानसेन भिमसेनको ११७ औं रथयात्रा निकालियो
तानसेन। पाल्पामा ११७ औं भिमसेनको रथ यात्रा निकालिएको छ । पाल्पाका तत्कालित तैनाथवाला कर्णेल उजिरसिंह थापाले मन्दिर स्थापना गरेपछि ११७ वर्ष अघिदेखि नै भाद्र कृष्ण पञ्चमीका दिन विधिवत रुपमा पूजा आरधना गरी भिमसेनको दुई तले खटलाई रथ मानी नगर परिक्रमा गराउने प्रचलन छ ।
भिमसेन शक्तिशाली देवता मान्ने हुँदा नेवार समुदायले कुल देवताको रुपमा पूजा गर्ने प्रचलन पनि रहेको छ । भक्तपुरबाट पाल्पा आएका नेवार समुदायले यो रथ यात्रालाई विशेष महत्व दिने र प्रत्येक वर्ष जिल्ला बाहिर रहेका मानिस...










