आजको मौसमः यी ठाउँमा हुनेछ भारी वर्षा

आजको मौसमः यी ठाउँमा हुनेछ भारी वर्षा
तानसेन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई भूभागमा रहेको छ। जसको प्रभावको कारणले मंगलबार देशभर अधिकांश बदली रहनेछ। कोशी र मधेश प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्...

पाल्पामा बिएसी सिएस आइटी पढाई हुने

पाल्पामा बिएसी सिएस आइटी पढाई हुने
तानसेन। पाल्पामा बिएसी सिएस आइटी विषयको अध्यापन हुने भएको छ । त्रिभुवन बहुमुखी क्यापस पाल्पाले पहिलो पटक कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बिएस्सी सिएस आइटी) विषय अध्यापनका लागि स्वीकृत पाएसंगै जिल्लामै यो विषय पढ्न पाइने भएको हो। शुक्रबार क्याम्पसमा पत्रकार सम्मेलन गरी यो शैक्षिक शत्रबाट विएस्सी सिएस आइटी विषयको पठन–पाठन सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख टंकप्रसाद पन्तले बताए । विज्ञान विषय लिई कक्षा १२ वा प्रविधि धारतर्फ १०० पुर्णङ्कको फिजिक्स र १०० पुर्णङ्कको ग...

आज दिउँसो देशभरकाे माैसममा बदली रहने, कहाँ हुन्छ भारी वर्षा

आज दिउँसो देशभरकाे माैसममा बदली रहने, कहाँ हुन्छ भारी वर्षा
काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर साध...

पाल्पामा चरम भ्रष्टाचार र कुशासनविरुद्ध दलहरूको ध्यानाकर्षण

पाल्पामा चरम भ्रष्टाचार र कुशासनविरुद्ध दलहरूको ध्यानाकर्षण
पाल्पा । पाल्पा जिल्लाका सात राजनीतिक दलहरूले मुलुकमा व्याप्त चरम भ्रष्टाचार, कुशासन, अनियमितता, महँगी र दण्डहीनताप्रति गम्भीर चिन्ता व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालय, पाल्पा मार्फत नेपाल सरकारलाई दश बुँदामा ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा मन्त्रीहरू खुलेआम घूस लिने गरेको र प्रधानमन्त्रीले त्यसको प्रत्यक्ष संरक्षण गरेको जस्तो गम्भीर आरोप लगाइएको छ । सरकारले प्रतिपक्ष नेताहरूलाई प्रतिशोधपूर्ण तरिकाले मुद्दा चलाउने, विचारका आधारमा दमन गर्ने र आफूखुसी व्...

कस्ताे छ आजकाे माैसम

कस्ताे छ आजकाे माैसम
काठमाडौँ । देशभर मनसुन सक्रिय छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  आज ताप्लेजुङ, धरान, जिरी, काठमाडाैँ, पोखरा, वीरेन्द्रनगर लगायतका सहरमा पानी पर्ने सम्भावना छ। यस्तै शुक्रबार केही सथानमा गर्मी नै हुने भएकाे छ ।  महाशाखाका अनुसार सबैभन्दा बढी तापक्रम धनगढी र भैरहवामा रहनेछ । त्यहाँको तापक्रम ३५ डिग्रीसम्म पुग्नेछ भने सबैभन्दा कम जोमसोममा १४ डिग्रीसम्म पुग्ने देखिन्छ। यस्तै नेपालगन्ज, सिमरा र जनकपुरको तापक्रम ३४ डिग्रीसम्म पुग्ने महाशाखाले जानकारी दिएको छ । &nb...

आज दिउँसो कहाँ कहाँ पर्छ पानी

आज दिउँसो कहाँ कहाँ पर्छ पानी
काठमाडाैं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। बुधबार बिहान बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।  बुधबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति देशको पहाडी भू-भागमा साधारणतया बदली रहि तराई भू-भागमा आंशिक बदल...

‘बटुक’ जीविकोपार्जन

‘बटुक’ जीविकोपार्जन
तानसेन। मगर समुदायबाट प्रचलनमा आएको तर, सबै समुदायले यसको स्वाद मन पराउने बारा एवं बटुकको विक्रीबाट पाल्पाको विभिन्न स्थानमा मनग्य आम्दानी गर्न स्थानीय सफल भएका छन् । खासगरी सदार्थ राजमार्गको तानसेन बुटवल सड खण्डका दर्जनबढी होटलहरु यही व्यवसय गरेर जीविकोपार्जन मात्रै होइन्, मनग्य आम्दानी गर्न समेत सफल भएका छन् । यहाँ तानसेन ६ बतुङ्गमा गरिएको बटुक व्यपारसंग जोडिएर यो लेख तयार पारिएको छ । पृष्ठभूमिः यो खोजमूलक लेखनकार्य पाल्पा जिल्ला, तानसेन नगरपालिका वडा न ६ मा पर्ने बर्तु...

रासायनिक मलको अभावले देशव्यापी आन्दोलनको चेतावनी

रासायनिक मलको अभावले देशव्यापी आन्दोलनको चेतावनी
पाल्पा-युवा कम्युनिस्ट लिग, नेपाल (वाइसियल) जिल्ला समिति, पाल्पाले देशमा रासायनिक मलको अभाव, कालाबजारी र भ्रष्टाचारका विरुद्ध सशक्त आन्दोलनको चेतावनी दिएको छ। वाइसियलले पाल्पाले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा मल उत्पादनमा आत्मनिर्भर हुन नसक्दा रासायनिक मलको चरम अभावले किसानहरू गम्भीर समस्यामा परेको उल्लेख गरेको छ। ज्ञापनपत्रमा भनिएको छ, “विगतका वर्षहरूमा समेत रासायनिक मलको चरम अभावका कारण किसानहरूले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । सरकारले पटक पटकको आश्व...

पाल्पामा ७२ प्रतिशत रोपाइँ सम्पन्न

पाल्पामा ७२ प्रतिशत रोपाइँ सम्पन्न
पाल्पा।  पाल्पामा साउनको पहिलो सातासम्म ७२ प्रतिशतमा क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । पर्याप्त पानी नपरेपनि सिचाइँ सुविधा भएका तथा खोला किनारका ठूला फाँटहरुमा रोपाइँ सम्पन्न भएको हो। कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार टाँरी खेत बाहेकका अधिकांश स्थानमा रोपाइँ सम्पन्न भएको हो। पाल्पाको अन्नभण्डार मानिने माडीफाँट कचल, अर्गली, पीपलडाँडा, दोभान, झडेवालगायतका फाँटहरुमा रोपाइँ सकिएपछि रोपाइँको क्षेत्रफल बढेको हो। यस्तै कालीगण्डकी बेसी अन्तरगतका रामपुर, गेझा, निस्दी, हुँगी फाँट...

पाल्पामा एक वर्षमै ४८५ सम्बन्ध विच्छेदका मुद्दा

पाल्पामा एक वर्षमै ४८५ सम्बन्ध विच्छेदका मुद्दा
तानसेन। पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आधा भन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदका हुने गरेको पाइएको हो। पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा एक हजार ३ सय ५६ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/८० मा ४ सय ४३ र २०८०/८१ मा ४ सय २८ मुद्दा दर्ता भएको थिए।  गएको आर्थिक वर्षमा कुल ८ सय १५ मुद्दा दर्ता भएकामा चार सय ८५ वटा सम्बन्ध विच्छेदका मुद्धा रहेको पाल्पा अदालतका स्रेस्तेदार केशव ...

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer