श्रीनगर गणेशको सय वर्षको रथयात्रा निकालियो

तानसेन। पाल्पा सदरमुकाम तानसेनमा १०० वर्ष देखिको सिद्धिविनायक गणेश मन्दिरको रथयात्रा निकालिएको छ। सोमबार मध्यरातमा जागराम बसी मंगलबार भजनकिर्तनसहित नगर परिक्रमा गरी रथयात्रा निकालिएको हो ।

श्रीनगर सिद्धिविनायक  मन्दिर व्यवस्थापन गुठीले व्यवस्थापन गर्दै आएको यो मन्दिरको रथ यात्रामा विविन्न टोल विकास समिति, विद्यार्थी र अन्य सरोकारवालाको सहभागीता रहेको थियो।

मन्दिरका गुठियार हिमाल दत्त श्रेष्ठका अनुसार सय वर्षदेखि निकालिदै आएको रथ यात्रालाई थप व्यवस्थित गरी नगर परिक्रमा गरिएको हो। नृत्य पूजा गरी उत्तम साहितमा निकालिएको रथलाई तानसेन बजार परिक्रमा गरी पुनः मन्दिरमा भित्राइएको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer