सीताकुण्डमा राम-सीता विवाह उत्सव मनाइदै
पाल्पा। विवाह पञ्चमीको अवसरमा रामपुर नगरपालिका–३ सीताकुण्डमा हुन गैरहेको राम–सीता विवाह उत्सवको तयारी तिव्रगतिमा भैरहेको रामपुर नगरपालिकाले जनाएको छ । धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न आगामी मङसिर ९ गते हुन लागेको उत्सवको तयारीको कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । शनिबार पत्रकार सम्मेलन गरी नगरपालिकाले तयारीको विषयमा जानकारी दिएको हो ।
वडा नं. ५ बाट बेहुला पक्ष भएर जन्त जाने र वडा नं. ३ र ४ का स्थानीय र सरोकारवालाहरुले माइती पक्षको रुपमा स्वागत गर...










