बाह्रखरी पढाईले कदम बहादुरलाई डाक्टर बा !

  • स्वागत दर्नाल
    पाल्पा ।रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गका कदम बहादुर राना अहिले ७० वर्ष पार गरिसकेका छन् । अहिले मुझुङ्गको भालुखानस्थित प्रहरी चौकी अगाडि उनको घर छ । त्यही घरमा नयाँधारको यो टोलीले रानालाई भेट्दा उभिएर ग्याँसमा रोटी पकाइरहेको देखियो । जतिबेला पश्चिम पाल्पामा सिटामल दिने सरकारी स्वा स्थ्य संस्था नहुँदा कदम बहादुरले एक कदम अगाडि मेडिकल खोलेर जनतालाई औषधि खुवाउन सिकाएका थिए । गाउँघरमा अहिले पनि लामाझाँकीको घरमा बिरामी हुदाँ जाने चलन छ । त्यस्तो अवस्थामा सेना मा भर्ती भई स्वास्थ्य विधा रोजेर जागिरपछि कदम बहादुरले गाउँलेलाई औषधि गर्न व्यस्त हुन्थे ।

उनी विस २०२० सालतिर पाल्पाको तानसेनबाट सेनामा भर्ती भए । भर्ती भएको दुई वर्षपछि गुल्मीको तम्घासमा सरुवा भयो । ‘तम्घासमा अलि पढेको म पो रहछु । मुहानसिँह सापका घरमा मैले र दाईले पढेको थियौं । मेरो डाक्टरी पढाईका लागि नाम छनौट भयो ।’ रानाले भने, ‘विस २०२२ सालमा गुल्मीबाट काठमाडौंको यात्रा तयार भयो । घरमा बसेर जादैँ थिइम । बैशाख पूर्णिमाको बेला थियो । पानी ठूलो परयो । बाटोमा पहिरो गयो । हामी त तीन दिनसम्म गयल भएर पुगियो । उहाँ पुग्दा कहाँ गएका थियौं, भनेर गाली पो गरयो । हामीलाई अगे्रंंजीमा अन्तरवार्ता लियो । अन्तरवार्ता लिएपछि हामीलाई तीन महिना अग्रेंजी पढाउन थाल्यो ।’

अग्रेंजी पढाइपछि हामीलाई डाक्टरी लाइनमा सिकाउदै सिकाउदै गयो । एक वर्ष पछि पढाई पुरा भई पास गराइदेला भनेको तीन महिना कोर्ष फेरि थपियो । म त फेल भए रानाले भने,‘मलाई त वान चढ्यो । रातीमा नसुतेर पढे । फाइनलमा त म चौथा पो भए । डाक्टरले धाम मारे, यस्तो पो हुनुपर्छ । प्रमाणपत्र पनि दिए । केशराज गोरखाका डाक्टर थिए । जागिर छाडेपछि मेडिकल खोलेर बस्नु भनेका थिए ।’

विस २०३८ सालमा काडमाडौंको बानेश्वरमा गएर सेनाबाट राजीनामा दिए । स्वास्थ्य मन्त्रालयबाट प्रमाणपत्र लिइ मेडिकल खोलेको थिए । मेरो मेडिकलमा त्यतिबेला औषधी गर्न छहरा, अम्लाबास, दिगाली, मुझुंगको कुरै छोडिदिउ । अधेरीखोला, पाखासुली, मैनादी, फेक र बतासेका मानिसहरु विरामी भएपछि मेरैमा आउन थाले । ज्वरो, टाइफाइटका विरामीले मलाई भात खाने समय पनि भएन । उनले भने, ‘विरामीको भीडभाड हुन थाल्यो ।’

जतिबेला खस्यौलीमा सरकारी अस्पताल भर्खर खुलेको थियो । गाग्रेका भेदीको मेडिकल थियो । ‘फागुन महिनादेखि त टाइफाइट, ज्वरोको विरामी निकै आउने गथ्र्थे ।’ उनले भने, ‘तपाईले धेरै निको गर्नुहुन्छ भनेर मानिसहरु आए । हुलाकी मान बहादुरका जेठो छोरालाई दुई लाख सके सँन्चो भएन उनका बाउले भने । मैले १६ रुपैयाँको औषधि दिए । सँन्चो भए यही पैसाको औषधिले हुन्छ ।’ रानाले भने,‘त्यही औषधिले सँन्चो भयो । त्यसपछि उनीहरु मलाई सम्झिरहन्छन् ।अहिले पनि त्यही कुरा गर्दछन् ।’

ज्वरो, टाइफाइट, ग्यास्ट्रीक, पाइलेक्सको औषधि पनि दिए । घाउ खटिरा चिरफार गरेर पिप फालिलिएको हो । अरु अपरेशन गरिन । धेरै राम्रो औषधि गर्छ, सस्तो पनि दिन्छ भन्दै मानिसहरु आए ।

‘अरुले मलाई डाक्टर भन्थे, मैले म चाहि डाक्टर होइन भन्थे ।’ उनले भने, ‘सेनाको गण र कम्पनीमा औषधि हुन्थे, औषधि उपचारको जिम्मेवारी हामी पढेकालाई नै हुने थियो ।’ पहिला १४ महिना, तीन वर्षपछि ६ महिना र फेरी तीन वर्षपछि तीन महिना औषधि सम्वन्धि तालीम सिकियो । ‘यसरी औषधि बेच्ने पो भइयो ।’ उनले भने,‘मैले कसेर कहिले पैसा लिइएन । कमाउनेपटटी लागिएन । कमाउनेलाई कमाए । मैले गाउँमा औषधि गर्न र सुई लगाइदिन जाँदा पनि पैसा लिइन । फि पनि लिइएन ।’

उनी तम्घास जाँदा, गाउँमा स्कुल खुलेको थियो । ‘घरमा पनि बुबाले हामी दुई भाईलाई पढाउनुहुन्थे । मुहानसिंह सापको जेठो छोरोले हाम्रो दाईलाई पनि पढाएको हो । वडो मज्जाले पढाउथे । एक मोहर, एक रुपैयाँ बुबाले कति दिनुहुन्थ्यो । उहाँले पढाएको आठ कक्षा सम्मलाई धक्का दिन्छ ।’ उनले भने,‘ एकवर्ष बाह्रखरी, तम्सुक, बन्डापत्र मुखआखर गर्नुपर्ने थियो । त्यही पढाईले मलाई सेनामा डाक्टरी लाइन पढने बाटो खुलेको हो । ’

उनले भने, ‘रोग त मैले अति चिन्थे । अनुभवी भएको थिए । अनुभवी भएपछि औषधि गर्न सजिलो हुदो रहेछ । अहिले त भुल्दै गइया्े ।’

 

तपाईको प्रतिक्रिया