रामपुरमा दश जिल्लाको खेलाडीबीच भलिबल प्रतियोगिता हुने

तानसेन। पाल्पाको रामपुरमा दश जिल्लाका भलिवल खेलाडीबीच प्रतीस्पर्धात्मक रोचक खेल हुने भएको छ । सोमवार जिल्लास्तरिय पुरुष भलिबल प्रतीयोगिता सम्बन्धि पत्रकार भेटघाट गरेर कार्यक्रमबारे जानकारी दिइएको हो ।

तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७९ को अवसरमा आयोजना हुने जिल्लास्तरिय भलिवल खेलको बारेमा जानकारी दिन पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको हो । जिल्ला भलिबल संघ पाल्पा, नगर खेलकुद विकास समिति रामपुरको सह आयोजना, रामपुर भलिबल संघको व्यवस्थापन, रामपुर उद्योग वाणिज्य संघ रामपुरको मुख्य प्रायोजनमा जिल्लास्तरिय खेल आयोजना गरिएको छ ।

खेल संयोजक शंकर खाणको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले खेलले रामपुरको प्रचार प्रसार मात्रै नभई यहाँको व्यापार, व्यावसायको आर्थिक बृद्दिको विकास हुने बताए।

खेलकुदको विकास गर्न विगतका रामपुर महोत्सवमा पनि खेल भलिबल खेलको आयोजना गरिएको जानकारी दिदै रामपुरमा अन्तर्राष्ट्रियस्तरको भलिबल खेल समेत सफलतापूर्वक आयोजना गरिएको जानकारी दिए।प्रतयिोगितामा दशवटा जिल्लाका खेलाडि समूहले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५१ हजार १११, द्वीत्तिय पुरस्कार १ लाख १ हजार १११, तृतीय पुरस्कार ५१ हजार १११ साथमा कप मेडल र प्रमाणपत्र रहेको छ । खेल सम्पन्न गर्न करिव १८ लाख लाग्ने आयोजकको अनुमान छ ।

प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहु, गुल्मी, बाग्लुङ,कास्की, नवलपुर, रुपन्देही, नवलपरासी, पर्वतबाट खेलाडी प्रतीस्पर्धा गर्न आउने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer