रिब्दीकोटको चकल्दी फाँटमा औद्योगिक ग्राम बन्ने

तानसेन।  पाल्पाको रिब्दीकोटस्थित चकल्दी फाँटमा औद्योगिक ग्राम बन्ने भएको छ । सरकारले पाल्पासहित देशभरका आठ स्थानमा औद्योगिक ग्राम बनाउने घोषणा गरेसँगै रिब्दीकोटको चकल्दीमा पनि पनि औद्योगिक ग्राम बन्ने भएको हो ।

बिहीबारको मन्त्रीपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा औद्योगिक ग्राम बन्ने स्थान घोषणा गरेको हो । औद्योगिक ग्राम बन्ने भएसंगै रिब्दीकोट बासी उत्साहित भएका छन् ।

सरकारले औद्योगित ग्रामका लागि सिफरिस गरेपछि गाउँपालिकासँगै सम्रग जिल्लाकै आर्थिक विकासमा सहयोग पुग्ने रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए।

एक पालिका एक औद्योगिक ग्रामको नीति अनुसार पालिकाले औद्योगिक ग्राम स्थापनामा पहल गरेको अध्यक्ष कार्कीले बताए ।

औद्योगिक ग्राम बन्ने भएपछि रिब्दीकोट गाउँपालिकाको खस्यौली, भैरबस्थान, कुसुमखोला, ठिमुरेलगायतको क्षेत्रलाई प्रत्यक्ष फाइदा पुग्ने छ भने समग्र गाउँपालिकालाई नै आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer