गर्मीमा धापिएर घर फर्कनेवित्तिकै गर्नु हुँदैन यी ३ काम

काठमाडाैं। अहिले गर्मीको महिना छ । चर्काे घाम लागेका बेला हामी बाहिर कुनै कामका लागि निस्कदा गर्मीका सामना गर्नुपर्छ । बढी गर्मीका कारण हाम्रो स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्छ । तराई क्षेत्रमा लु लाग्न सक्छ । धेरै गर्मीका कारण हाम्रो शरीरमा पानीको मात्रा कम हुनसक्छ । यस कारण गर्मीका स्वास्थ्यको विशेष ख्याल गर्नु जरुरी छ ।

गर्मी समयमा हामी बाहिरबाट घरमा प्रवेश गर्दा पसिनै–पसिना भएर वा धेरै गर्मी महसुस गरिरहेका हुनसक्छौँ । घरमा पुग्नेवित्तिकै गर्मीबाट बच्न हामीले अपनाउने तरिकाबारे विज्ञहरुले सचेत गराएका छन् । गर्मीबाट बच्न तत्काल अपनाइने यस्ता उपाय हानिकार रहेको विज्ञहरुको भनाइ छ ।

धेरै चिसो पानी वा पेय पदार्थ नपिउनेः

हामी गर्मीले धामिएर घर आएपछि फ्रिजमा राखेको चिसो पानी वा कुनै चिसो पेय पदार्थ पिउन खोज्छौँ । त्यो बानी छाड्न चिकित्सकको सुझाव छ । शरीर धेरै तातो भएका बेला यसरी चिसो पदार्थ पिउँदा एक्कासी शरीरको तापक्रम परिवर्तन हुने र रुघाखोकी लाग्न सक्ने भनाइ छ। सुरुमा शरीरको तापक्रम कम हुन दिएपछि सामान्य चिसो पानी मात्रै पिउनुपर्छ । 

तत्काल नुहाउने मुख धुने काम नगर्नेः

गर्मीबाट आउँदा शरीरको तापक्रम धेरे बढेको हुन्छ । यस्तो बेला एक्कासी नुहाउँदा मुख धुँदा शरीरको तापक्रम बिग्रिएर स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्छ । साथै एक्कासी रुघा खोकीले समाउन सक्छ । 

चिसो एसीमा नबस्नेः
गर्मीबाट भित्र प्रवेश गर्नेवित्तिकै चिसो एसीमा बस्नु पनि हानिकारक रहेको विज्ञको भनाइ छ। धेरै तापक्रमबाट एक्कसी शरीर चिसो बनाउँदा रक्त सञ्चारमा असर परेर स्वास्थ्यमा समस्या देखिने, चिसोले समाउने हुनसक्छ । विस्तारै शरीरलाई चिसो हुन दिनु उपयुक्त हुने सुझाव चिकित्सकको छ 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer