पाल्पा अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्ने

तानसेन। पाल्पा अस्पतालले बिरामीका लागि निःशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराउने भएको छ । अस्पतालले न्यूनतम मापदण्ड पूरा गरेर भर्ना भएका बिरामीलाई घर फर्कदा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन लागेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयका अनुसार सरकारी अस्पतालको सेवा प्रभावकारी बनाउनका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्न लागिएको हो ।

निजी मेडिकल तथा क्लिनिकमा उपचार गराउँदा बिरामीले महंगो शल्क तिरेर घर जाुनपर्ने बाध्यताको अन्त्य गर्नका लागि पनि निःशुल्क रुपमा सेवा दिने निर्णय गरिएको अध्उक्ष आत्रेयले बताए ।

सुरुमा एक महिना परीक्षणका रुपमा भर्ना भएका बिरामीमा मात्र लागु हुने निर्णय भएपनि मासिक खर्चको नतिजा हेरेर अस्पतालमा सेवा लिन आउने सबै बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने विषयमा आफूहरु लागि पर्ने पाल्पा अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer