पाल्पामा ८६ जनामा डेंगु संक्रमण

तानसेन। पाल्पामा यो वर्ष ८६ जनाका डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार सन् ३०२३ लागेयता हालसम्म सो मात्रामा डेंगु संक्रमण पुष्टि भएको हो।

तानसेनको मिसन अस्पताल, लुम्बिनी मडिकल कलेज, पाल्पा अस्पताल तथा रामपुर अस्पतलमा गरी ६८ तथा निजी स्वास्थ्य संस्थाबाट प्राप्त तथ्यांक अनुसार १८ जना गरी सो संख्यामा संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाका सरुवा रोग फोकल पर्शन मधुसुधन भट्टराईले जानकारी दिए ।

उनका अनुसार पछिल्लो दुई सातायता तिव्र रुपमा संक्रमण फैलिएसंगै संक्रमितको संख्या पनि बढेको हो । यो बाहेक अन्य क्लिनिकमा समेत डेंगुको परीक्षण गर्ने बिरामीको संख्या बढेको हुँदा यो भन्द्या धेरै संख्यामा संक्रमित जिल्लामा रहेका छन् ।

डेंगु एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने गर्दछ ।

डेंगुको संक्रमण भएका व्यक्तिमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने जस्ता लक्षणहरू देखा पर्ने चिकत्सकले बताएका छन् ।

यो रोगको संक्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । पाल्पामा यो रोगको संक्रमण बढ्न नदिन विभिन्न सचेतनामूलक कार्यहरु गरिदै आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer