तानसेन । पूर्वखोला गाउँपालिका वडा न २ जल्पामा विभिन्न कार्यक्रम गरी बाल दिबस २०८० सम्पन्न गरेको छ्। गाउ बाल सरक्षण तथा सम्बर्दन उपसमिति जल्पाले कर्यक्रम सहजिकरण र समन्वय गरेको थियो भने बाल बिकास बाल मंन्चलाई कार्यक्रम सन्चालनको जिम्मा दिइएको थियो।
सस्थागत जिम्मेवारी सिकाउनको लागि पनि हाम्रो सहजकर्ताको भुमिका रहेको कुरा गाउ बाल सरक्षण सम्बर्दन समितिका सयोजक चित्र बाहादुर कवरले बताए। जल्पा वडा भरि रहेका १४ वटा बाल क्लवबाट सहभागिता रहेको हाजिरिजवाफ प्रतियोगितामा जनचेतना बाल क्लब छाब्दिका सगम न्यौपानेको समुह पहिलो, प्रगति बाल क्लव राक्सेका सुदन पाण्डेको समुह दोस्रो, चौपारी बाल क्लव धोलिमाराका सुचिना ठाडाको समुह तेस्रो भएको छ्।
यस्तै रमाइलोको लागि आयोजना गरिएको बेलुन नाच मा २६ जना बालबालिका सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा झरना सारु पहिलो, सिमा सारु दोस्रो र जितन सारु तेस्रो भए।
यस्तै गणितिय डौडतर्फ १४ जना बालबालिका सहभागिता रहेकोमा सिम्रन घर्ति पहिलो, प्रदिप बारघरे दोस्रो र सुझाब पाण्डे तेस्रो भए।
विजयी सहभागि बालबालिकालाई प्रमाणपत्र, स्टेसनरी सामग्री दिएर सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि जल्पाका वडा अध्यक्ष निर बाहादुर सारुले सामाजिक उत्तरदावित्व, सस्थागत विकास, आफ्नो जिम्मेवारि र कर्तव्य बोध गराउने समय भनेको बालक अवस्थामा भएको बताए ।
उनले गाउँपालिका र वडाबाट बालबालिकाको लागि लगानी लगाएको बताउदै सोही अनुसार बालबालिकाले भविष्य बनाउन लाग्नुपर्ने बताए ।
पालिकाका शिक्षा शाखा प्रमुख लोकहरी देवकोटाले बालबालिका भोलिको जिम्मेवार नागरिक बनाउनको लागि सबैले उनिहरुलाई सहयोग गर्न हिच्किचाउनु नहुने बताए ।
कार्यक्रममा बालबालिकाले सास्कृतिक प्रस्तुति दिएका थिए । उक्त कार्यक्रम चित्र बाहादुर कवरको अध्यक्षतामा सम्पन्न भएको थियो।





















