नेपाल मगर संघ पाल्पाद्वारा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

पाल्पा ।  नेपाल मगर संघ जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा भाषा, धर्म, संस्कृति संरक्षण तथा प्रवर्द्धन, संस्थागत विकास, नेतृत्व विकास र आर्थिक व्यवस्थापन सम्बन्धी दुई दिने  छ। प्रशिक्षण कार्यक्रम  गोर्खेकोटमा सम्पन्न भएको हाे ।

कार्यक्रममा  लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले भाषा, धर्म र संस्कृतिको संरक्षणबिना समुदायको पहिचान जोगिन नसक्ने उल्लेख गर्दै संस्थागत सुदृढीकरण, सक्षम नेतृत्व विकास र पारदर्शी आर्थिक व्यवस्थापनको आवश्यकता रहेकाे बताए । मन्त्री सारूले संगठनलाई प्रभावकारी बनाउन नीति, योजना र जवाफदेहितामा आधारित कार्यशैली अपनाउनुपर्नेमा जोड दिए ।

 कार्यक्रमको दोस्रो दिन सल्लाहकार तेज घर्तीमागर तथा महासंघका जिल्ला सचिव अमित रासकोटी मगर ले प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा आर्थिक व्यवस्थापन अन्तर्गत कोष व्यवस्थापन, आय–व्यय पारदर्शिता, बजेट निर्माण, लेखा प्रणालीको प्रयोग तथा आर्थिक अनुशासन सम्बन्धी विषयमा सहभागीहरूलाई व्यावहारिक जानकारी प्रदान गरिएको थियो।

प्रशिक्षणपछि आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले अनुभव आदानप्रदान गरेका थिए। समापन सत्र अध्यक्ष शेर बहादुर सोमैको अध्यक्षता तथा गम बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

आयोजकका अनुसार कार्यक्रमले सहभागीहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै संस्थागत सुदृढीकरण र आर्थिक व्यवस्थापनप्रति स्पष्ट दृष्टिकोण विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

साही अवसरमा संघको भित्तेपात्रो विमोचन समेत गरिएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको