प्रदेशस्तरीय तेक्वान्दोमा प्रथम भए वीरेन्द्र र सवीना

तानसेन।  पाल्पा सदरमुकाम तानसेनमा आयोजित रीता अनिल स्मृती दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा विरेन्द्र बुढा र सविना श्रेष्ठ प्रथम भएका छन् । तानसेनको टुुँडिखेलमा दुुई दिनसम्म चलेको प्रतियोगितामा पुरुष तर्फ पाल्पाका बुढा र महिलातर्फ गुल्मीकी सविना श्रेष्ठ प्रथम भएका हुन् ।

उनीहरुले  तीस/तीस हजार, गोल्ड मेडल र प्रमाण पत्र पाएका छन् । यसै गरी प्रतियोगितामा पुरुषतर्फ रोल्पाका तिलक बुढामगर र महिलातर्फ बसन्ती विश्वकर्मा नवलपरासी द्धितिय भएका भएका छन् । विजेता दुवैले बीस –बीस हजार, प्रमाणपत्र र रजत पदक हात पारेका छन् ।

यस्तै पुरुषतर्फ पाल्पाका उज्जवल गहतराज र महिलातर्फ ललिता बुढाथोकी बर्दिया तृतिय भएका छन् । दुवैले दश/दश हजार, प्रमाणपत्र र कास्य पदक  पाएका छन् ।

विजेताहरुलाई लुम्बिनी प्रदेश सदस्य खेम बहादुर सारु, लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव जयप्रकास भट्टराई, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, नेपाल आइटिएफ तेक्वान्दो महासंघका केन्द्रिय उपाध्यक्ष निर बहादुर सारु, नेपाल आइटिएफ तेक्वान्दो महासंघ लुम्बिनी प्रदेशका सचिव विक्रम पाटामागर, पुर्व राष्ट्रिय खेलाडी आयुसा कार्की , नेपाल खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष माधव अर्याल लगायतले पुरस्कार, प्रमाण तथा मेडलहरु वितरण गरेका थिए ।

प्रतियोगितामा १२ जिल्ला र आयोजक टोली गरी ६४ जना  खेलाडीहरुले भाग लिएका थिए ।  प्रतियोगिता महिला तर्फ ४६ केजी देखी ५२ केजी सम्म र पुरुषमा ४९ केजी देखी ५५ केजीको  एकल स्पारिङ्गमा प्रतिष्प्रर्धा भएको थियो ।

नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाका अध्यक्ष निर बहादुर सारुको अध्यक्षता, सचिव नगेन्द्र मल्लको सञ्चालनमा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer