राष्ट्रियसभा सदस्य निर्वाचनः पुस २३ मा उम्मेदवारी दर्ता, माघ ११ गते निर्वाचन

काठमाडौं।  निर्वाचन आयोगबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत भएको छ। स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आगामी पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुने र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ।

आयोगले एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी दिएको हो । विज्ञप्तिअनुसार पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ। मनोनयन दर्ताको समय बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म रहनेछ। यस्तै पुष २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह उपलब्ध गराउने आयोगले जनाएको छ ।

माघ ११ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुनेछ।

मतदान कार्यक्रम सम्पन्न भएपछि सोही दिनमै मतगणना हुने आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

null

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer