महिनावारी दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता (तस्वीरसहित)

तानसेन।  विश्व महिनावारी स्वच्छता दिवसका अवशरमा दिव्य ज्योती माध्यमिक विद्यालय माथागढी ३ सराईमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको आयोजना तथा माथागढी गाँउपालिका र नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको संम्वन्यमा प्रतियोगिता सम्पन्न भएको हो ।

‘महिनावारी स्वास्थ्य र पुरुष सहभागिता’ विषयक वक्तृत्वकला प्रतियोगितामा ७ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा जनता माध्यमिक विद्यालय तानसेनकी आलवी पाण्डे प्रथम, रत्न माध्यमिक विद्यालय झडेवाकी दिवाना थापा दोस्रो र सौभाग्य माध्यमिक विद्यालय चिदिपानीकी स्वेच्छा ढुंगाना तेस्रो भएकी छन ।

विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले महिनावारीको समस्यालाई अझ गहिरेर बुझन र यसलाई उचित ढंगले व्यवस्थापन गर्न यस कार्यक्रमले सहयोग पु¥याउने बताए।

महिनावारी बारे चेतनास्तर बढाउन पालिका सधैब प्रतिबद्ध रहेको बताए। यसैगरी स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख राजेन्द्रकुमार गिरीले महिनावारी हुँदा सरसफाईमा ध्यान दिनुपर्ने र स्वच्छतामा ध्यान नदिँदा किशोरी तथा महिलाहरुको स्वास्थ्यमा गम्भीर असर पुग्ने हुँदा यस पक्षमा सबै सचेत र सजग हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा माथागढी गाँउपालिका उपाध्यक्ष बिष्णु कुमारी लुङ्छे, माथागढी ३ का वडाध्यक्ष तेजबहादुर घर्ति मगर, नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रमुख तथा निर्णायक मण्डलका संयोजक शोभाकान्त न्यौपाने, माथागढी गाँउपालिका स्वास्थ्य शाखा प्रमुख केशव जिसी, दिव्य ज्योती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक केशवराज अधिकारीलगायतले महिनावारी स्वच्छता दिवसका बारेमा बोल्दै विकसित समाजमा अहिले पनि समस्या रहेको र त्यसको न्यूनीकरणका लागि सबैले पहल गर्नुपर्ने धारणा राखेका थिए ।

स्वास्थ्य कार्यालय पाल्पाका कार्यक्रम अधिकृत टिकाराम अधिकारीको संचालनमा चलेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसैबीच रोट्रयाक्ट क्लब अफ लुम्बिनीले महिनावारी सम्बन्धि  जानकारी दिने उद्देश्यले महिनावारी हुँदा प्रयोग हुने साम्रगीहरु प्रर्दशन गरेर महिनावारी मेलाकोसमेत आयोजना गरेको थियो ।

वक्तृत्वकला प्रतियोगितामा सहभागी छात्राहरूलाई  सेनेटरी प्याड वितरण र सहभागी विद्यालय  तथा विद्यार्थीहरूलाई पनि सम्मान गरिएकाे थियाे ।

पाल्पा यो वर्ष अन्य स्थानमा पनि महिनावारी मेला र सचेतनाका कार्यक्रम गरी साताव्यापी रुपमा महिनावारी दिवस मनाइएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer