पाल्पा अस्पतालको अध्यक्षमा पुनः आत्रेय

तानसेन। पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा पुनः गुराँस आत्रेय नियुक्त भएका छन् । यसअघि पनि अध्यक्षको जिम्मेवारीमा रहेका आत्रेयलाई सोमबार लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अस्पताल विकास समितिको अध्यक्षको रुपमा कामकाज गराउने गरी पत्राचार गरेर नियुक्त गरेको हो।

सर्वोच्च अदालतको २०८० मंसिर १९ गते सर्वोच्च अदालतले अल्पकालीन अदालतको आदेशको कार्यान्वयनको लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सोही आदेश बमोजिम २०८१ भदौ ३१ गतेको मन्त्रीस्तरको निर्णयबाट आत्रेयलाई अध्यक्षको रुपमा जिम्मेवारी दिने निर्णय भएको मन्त्रालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्रकुमार पाण्डेद्धारा जारी भएको पत्रमा उल्लेख छ ।

लामो समयदेखि रिक्त रहेको अस्पतलाको अध्यक्ष पदमा आत्रेय नियुक्त भएसंगै अस्पतालले नेतृत्व पाएको जिल्लाका सरोकारवालाले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।

यसअघि अध्यक्षको रुपमा रहँदा आत्रेयले पाल्पा अस्पतालको सेवा प्रवाहमा सुधार, भौतिक पूर्वाधारको विकास र विस्तार फार्मेसी र ल्याव व्यवस्थापनलगायतका कार्यले जिल्लामै चर्चा पाएको थियो ।

अस्पतलाको समग्र विकासमा लागि सरोकारवालासँगको छलफल र समन्वय गरेर आगामी दिनमा अस्पतालको भवन निर्माणका लागि जगगा व्यवस्थापन तथा नागरिकलाई छिटो र सहज रुपले सेवा प्रदान गर्नेमा आफ्नो ध्यान केन्द्रित हुने नव नियुक्त अध्यक्ष आत्रेयले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer