तानसेन। तानसेनस्थित होटल पौवा दशैंको दिनमा पनि सेवा दिने भएको छ । ग्राहकको सुविधाका लागि अन्य समयमा भन्दा पर्वको समयमा थप प्रभावकारी रुपले सेवा दिने उद्देश्य अनुसार दशैंको टीकको दिनमा पनि होटलबाट प्रवाह हुने सबै सेवा सुचारु राख्ने होटल पौंवाका पाल्पा शाखाका प्रमुख यदु भट्टराईले जानकारी दिए ।
ग्राहकलाई दशैंको टीका लगाउन जाँदा अथवा फर्किदा, खाना, नास्ता खान तथा आरामदायी बासका लागि विशेष छुटसहित २४ सैं घण्टा सेवा सुचारु रहने उनले बताए।
“चाडवाडको समय विभिन्न समस्याले ग्राहकलाई होटल आवश्यकता पर्न सक्छ, तानसेनमा आएका तथा गुल्मी, स्याङ्जा, कास्की, पोखरा, अर्घाखाँचीसम्मको यात्रामा निस्कने यात्रुलाई होटल नपाएर दुःख नपाउन् भन्ने हाम्रो चाहना हो।” उनले भने।
जहाँबाट आतिथ्यको सुरुवात हुन्छ भन्ने नारासहित स१चालित यस होटलले दशैंमा टीका नभएर घुम्न आउने पर्यटकका लागि सहजता होस् भन्ने उद्देश्यले होटल खुल्ला राख्ने निर्णय गरिएको होटलकी कर्मचारी सञ्जु कार्कीले बताइन् ।
यस होटलले नेपालका हरेक मौलि चार्डपर्वको अवसरमा पर्व अनुसारको परिकार खुवाउदै पनि आएको जनाएको छ। पर्वका हरेक मौलिक पक्षलाई ग्राहकसमक्ष पुर्याउने उद्देश्य राख्दै आएको यस होटलले पाल्पासहित विभिन्न जिल्लामा गरी २० भन्दा बढी शाखा विस्तार गरिसकेको जनाएको छ ।





















