दिव्य ज्योति बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

तानसेन। रिब्दीकोट गाउँपालिका–७ बतासेस्थित दिव्य ज्योति बचत तथा ऋण सहकारी संस्थाको १४औं साधारण सभा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन पूर्व गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै जिसीले कम जनशक्तिको साथमा सहकारी सफलतापूर्वक सञ्चालन भइरहेको उल्लेख गरे । उनले सहकारीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारी सहयोगको आवश्यकता रहेको बताए ।

कार्यक्रममा देववाणी संस्कृत तथा साधारण माविका प्रअ कृष्ण थापाले सहकारीको माध्यमबाट नागरिकको जीवनस्तरमा सुधार आएको बताए।

सहकारीका व्यवस्थापक दुर्गा थापाले आर्थिक तथा सांगठनिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा समुदायको आर्थिक सशक्तीकरणका लागि थप योजनाहरू र कार्यान्वयन गर्ने जानकारी गराए। आर्थिक वर्ष २०८०। ८१ मा नौं करोड ७४ लाख ३६ हजार ३९० आर्थिक कारोबार भएकोमा २७ लाख २४ हजार ४३८ रुपैया संस्थाले नाफा गरेको व्यवस्थापक थापाले बताए ।

कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णबहादुर थापा, ऋण उपसमितिका संयोजक उमा कार्की थापा, सेयर सदस्यहरू बिमला नेपाली, कमला थापा कुँवर, शेर बहादुर दर्लामीलगायतले यो सहकारी स्थापनाले ग्रामीण क्षेत्रका नागरिकको आर्थिक कारोबारमा पहुँच पुगेको बताएका थिए।कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखीय काम गर्नेहरुलाई सम्मानितसमेत गरिएको थियो ।

६० वर्षदेखि माथिका सहकारीका सदस्यहरूलाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो। यस्तै इसइइ तथा कक्षा १२ मा अबल अङ्क ल्याउन सफल भएका सेयर सदस्यका छोराछोरीहरूलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष डिलबहादुर लाम्टाङ्गेको अध्यक्षता, संस्थाका सदस्य कमला थापाले गरेकी स्वागत तथा र संस्थाका सचिव कृष्ण कुवंरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer