बगनासकालीको हिउँदे अधिवेशन सम्पन्न

तानसेन। बगनासकाली गाउँपालिले गाउँसभाको १७ औं अधिवेशन आइतबार सम्पन्न गरको छ । आइतबार गाउँपालिका सभाहलमा सम्पन्न सभामा विभिन्न विषयगत समिति संयोजकले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। सोही अवसरमा बगनासकाली गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादनको आधारमा गाउँपालिकाभित्रका सात जना कर्मचारीलाई सम्मान गरेको छ ।

गाउँपालिकाको १७ औं हिउँदे गाउँसभा अधिवेशनको अवसर पारेर पालिकाले कर्मचारीलाई सम्मान पत्र, दोसल्ला, मायाको चिनो र नगदसहित सम्मान गरेको हो ।

आइतबार गाउँसभाको समापन्न लगत्तै गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाललगायतले कर्मचारीलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेमा स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख भोजराज भट्टराई, चापपानी स्वास्थ्य चौकी इन्चार्ज सिर्जना चापागाइँ, रोजगार सेवा केन्द्र प्रमुख सरिता पाण्डे, ५ नम्बर वडा प्राविधिक तथा सचिव अमर खाम्चा, २ नम्बर वडा कार्यालय सहायक सनु खड्का र ९ नम्बर वडाका कार्यालय सहयोगी यज्ञप्रसाद पाण्डे रहेको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिका उपाध्यक्ष हरीप्रसाद पाठकले गाउँसभामा प्रस्ताव गरेको वार्षिक बजेट कार्यक्रम रकमान्तर गर्ने प्रस्ताव र कार्यपालिका सदस्य उमकला अर्यालले प्रस्ताव गरिन् । वन वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धि विधेयक प्रस्ताव स्वीकृति गर्दै अधिवेशन सम्पन्न भएको छ ।

सभामा उठेका प्रश्नहरूको जवाफ दिदैँ गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदी र उपाध्यक्ष हरीप्रसाद पाठकले हालसम्म भएका कामहरू सन्तोषजनक तरिकाले सम्पन्न भएको र प्राप्त सुझावका आधारमा कार्यक्रम अगाडि बढाउँदै जाने बताए।

गाउँसभामा गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले विभिन्न कार्यसूची प्रस्तुत गर्नुभएकोमा सभाले अनुमोदन गरेको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer