नर्सिङ्ग संघ पाल्पाको अध्यक्षमा पुनः कार्की

तानसेन। नेपाल नर्सिङ्ग संघ जिल्ला कार्य समिति पाल्पाको अध्यक्षमा पुनः लक्ष्मी कार्की चयन भएकी छन् । मंगलबार युनाइटेड मिसन अस्पतालमा सम्पन्न अधिवेशनबाट दोस्रो कार्यकालका लागि कार्की पुनः निर्वाचित भएकी हुन् ।

अधिवेशनले उपाध्यक्षमा बन्दना पोखरेल, सचिवमा सविना पाण्डे, कोषाध्यक्षमा सिता पन्थीलाई चयन गरेको छ। यस्तै संस्थाको सदस्यमा भगवती के.सी, फुलमाया चिदी, पार्वती नेपाल, अनिता सारु, शान्ति भण्डारी, आरती कोइराला, कमला श्रेष्ठ, मन्जु पाण्डे, शोभा किसान, चन्द्रा चलाउने र सुजाता भट्टराईलाई चयन गरेको छ।

नयाँ कार्यसमितिको सल्लाहकारमा डा. शकुन्तला थान्जु, गंगा जिरेल र शिखा पहारीलाई चयन गरिएको अध्यक्ष कार्कीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer