कालीगण्डकी बेपत्ता भारतीय नागरिक मृत फेला

तानसेन। पवित्र धार्मिक स्थल राम्दीधाम क्षेत्रमा कालीगण्डकी स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय नागरिक (पर्यटक) पाँच दिनपछि मृत फेला परेका छन् । गत बुधबार दिउँसो कालीगण्डकी स्नान गर्ने क्रममा बेपत्ता भएका भारतको उत्तर प्रदेश गोरखपुर घर भएका २५ वर्षीय शिवम् पाण्डेको शव आइतबार बिहान मृत अवस्थामा फेला परेका हन् ।

सिद्धार्थ राजमार्ग अन्तरगत बतुङ्ग पोखरा सडक खण्डको बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बेपत्ता भएका पाण्डेयको शव एक किलोमिटर तल कालीगण्डकीमै फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

पोखराबाट घुमेर घर फर्किएका पाण्डेसहित ४ जना कालीगण्डकीमा नुहाउन गएकामा पाण्डेय डुबेर बेपत्ता भएका थिए।

फेला परेको शवलाई पोष्टमार्टमका लागि पाल्पा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer