पौवाको स्वाद उत्सवः पाल्पामा तीन हजार बढी सहभागी

तानसेन। होटल पौवाले आफ्नौ नवौं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको स्वाद उत्सवमा पाल्पामा तीन हजार बढी ग्राहक सहभागी भएका छन् । चैत २५ गतेदेखि २९ गतेसम्मदेशभरका १८ वटै शाखामा एकैसाथ आयोजना गरेको कार्यक्रममा पाल्पा शाखाबाट मौत्रै सो संख्यामा ग्राहकले पौवाको स्वाद चाखेका हुन् ।

स्वाद उत्सवमा देशभरका १८ शाखाबाट गरी झण्डै दुई लाख पाहुनालाई स्वाद चखाएर सम्पन्न भएको पाल्पाका शाखा प्रबन्धक युदु भट्टराईले बताए। स्वाद लिएपछि पाहुनाहरुबाट आएको सुझावलाई कार्यान्वयन गर्दै आगामी दिनमा अझै परिस्कृत र स्वस्थकर परिकार मेनुमा समावेश गर्ने तयारी पौवाको रहेको प्नबन्धक भट्टराईले बताए।

यसैबीच पौवाले नेपाली नयाँ वर्षको अवसरमा आफ्नो ५ वटा शाखामा न्यु इयर इभ गर्ने जनाएको छ । नवलपुरको हर्कपुर शाखा, रुपन्देहीको भैरहवा र बुटवल शाखा तथा दाङको भालुवाङ र घोराहीमा न्यु इयर इभ आयोजना हो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer