कानुन परिमार्जन र विकासको एजेण्डा : ठाकुर गैरे

पाल्पा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पा क्षेत्र नं. २ का नेकपा एमाले उम्मेदवार ठाकुरप्रसाद गैरेले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् । उम्मेदवार गैरे यतिबेला “घरदैलो अभियान“ अन्तर्गत मतदाताको सुझाव संकलन र विजयको आशीर्वाद लिन व्यस्त छन् ।

उम्मेदवार गैरेले तिनाउ गाउँपालिकाको विभिन्न वडाका क्षेत्रमा पुगेर  स्थानीयसँगको भेटमा यस क्षेत्रको भौतिक पूर्वाधार, विशेषगरी सडक सञ्जालको स्तरोन्नति, आधुनिक कृषि प्रणाली, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच पु¥याउन नतिजामुखी पहल गर्ने प्रतिबद्धता जनाए।

युवा स्वरोजगार र खेलकुद विकासका योजनाहरूलाई पनि उहाँले आफ्नो प्राथमिकतामा राखेर चुनावी मैदानमा होमिएको उनले बताए ।  मस्यामका मतदाताहरूसँग कुरा गर्दै गैरेले केवल भौतिक विकास मात्र नभई ऐन–कानुनको जटिलताले नागरिकको दैनिक जीवनमा पारेको असरलाई हटाउन आफूले विशेष भूमिका खेल्ने बताए।

“नागरिकको दैनिकीलाई सहज बनाउन र समयसापेक्ष नागरिकमैत्री ऐन निर्माणका लागि छोटो समय भएपनि पहिला पनि संसद्मा सशक्त आवाज उठाएको स्मरण गराउदै अबपनि उठाउनेछु ।” गैरेले भने ।

 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer