राष्ट्रिय शिक्षा नीति सम्वन्धी छलफल

पाल्पा । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय शिक्षा नीति सम्वन्धी छलफल केन्द्रीत गरी सुझाव संकलनमा जुटेको छ । शनिबार पाल्पाको तानसेनमा प्रतिनिधिसभा शिपाल्पा । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय शिक्षा नीति सम्वन्धी छलफल केन्द्रीत गरी सुझाव संकलनमा जुटेको छ ।

शनिबार पाल्पाको तानसेनमा प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले ल्याउन लागेको शिक्षा नीतिलाई कसरी प्रभावकारी बनाउने विषयमा छलफल सुरुवात भएको हो । समिति सभापति जयपुरी घर्तीले शिक्षा क्षेत्रलाई सुधार गर्न शिक्षा नीति ल्याउने बताइन । उनले शिक्षा क्षेत्रमा सुधारका लागि नीति नियम र ऐन मात्र जारी गरेर नहुने बताइन । सरकारले शिक्षा क्षेत्रमा कूल बजेटको तीस प्रतिशत बजेट विनियोजन गर्न आवश्यक रहेको समेत घर्तीले बताइन ।

नेपाल कानुन समाजद्धारा आयोजित शिक्षा नीति सम्वन्धि टाउनहल मिटिङ्गमा शनिबार पाल्पाको तानसेनमा सभापति घर्तीले शिक्षालाई व्यवहारिक र प्राविधिक बनाउनका लागि नीति ल्याउने बताइन । प्रतिनिधिसभा सदस्य लक्ष्मी परियारले खाडीमा पैसा कमाउन जानेहरुलाई खरियामा पैसा कमाउने व्यवस्था मिलाउने गरी शिक्षा ऐन आउनुपर्ने बताइन ।

कार्यक्रममा संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले सवै क्षेत्रमा समस्या हुनु गुणस्तरीय शिक्षाको अभाव रहेको बताए । संघीय साँसदका कानुनी सल्लाहकार अर्जून खडकाले नेपालको संविधानमा शिक्षा सम्वन्धि सवैधानिक व्यवस्था र शिक्षा नीति सम्वन्धि कार्यपत्र प्रस्तुत गरे ।

कार्यक्रम नेपाल पत्रकार महासघ पाल्पा अध्यक्ष राजेश कुमार अर्याल, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसी, नेपाल शिक्षक संगठनका अध्यक्ष रामप्रसाद ढकाल, नेकपाका नेता धनेन्द्र घिमिरे लगायतले शिक्षा नीति सम्वन्धि सुझाव राखेका थिए ।

कार्यक्रममा प्रदेश साँसद, स्थानीय तहका प्रमुख, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, राजनीतिक दलका प्रमुख, कर्मचारीको सहभागीता रहेको थियो । समाजका सदस्य बाबुराम भटटराईको स्वागतबाट कार्यक्रम सुरुवात भएको थियो ।

क्षा तथा स्वास्थ्य समितिले ल्याउन लागेको शिक्षा नीतिलाई कसरी प्रभावकारी बनाउने विषयमा छलफल सुरुवात भएको हो ।
समिति सभापति जयपुरी घर्तीले शिक्षा क्षेत्रलाई सुधार गर्न शिक्षा नीति ल्याउने बताइन । उनले शिक्षा क्षेत्रमा सुधारका लागि नीति नियम र ऐन मात्र जारी गरेर नहुने बताइन । सरकारले शिक्षा क्षेत्रमा कूल बजेटको तीस प्रतिशत बजेट विनियोजन गर्न आवश्यक रहेको समेत घर्तीले बताइन ।
नेपाल कानुन समाजद्धारा आयोजित शिक्षा नीति सम्वन्धि टाउनहल मिटिङ्गमा शनिबार पाल्पाको तानसेनमा सभापति घर्तीले शिक्षालाई व्यवहारिक र प्राविधिक बनाउनका लागि नीति ल्याउने बताइन । प्रतिनिधिसभा सदस्य लक्ष्मी परियारले खाडीमा पैसा कमाउन जानेहरुलाई खरियामा पैसा कमाउने व्यवस्था मिलाउने गरी शिक्षा ऐन आउनुपर्ने बताइन ।

कार्यक्रममा संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले सवै क्षेत्रमा समस्या हुनु गुणस्तरीय शिक्षाको अभाव रहेको बताए । संघीय साँसदका कानुनी सल्लाहकार अर्जून खडकाले नेपालको संविधानमा शिक्षा सम्वन्धि सवैधानिक व्यवस्था र शिक्षा नीति सम्वन्धि कार्यपत्र प्रस्तुत गरे ।

कार्यक्रम नेपाल पत्रकार महासघ पाल्पा अध्यक्ष राजेश कुमार अर्याल, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसी, नेपाल शिक्षक संगठनका अध्यक्ष रामप्रसाद ढकाल, नेकपाका नेता धनेन्द्र घिमिरे लगायतले शिक्षा नीति सम्वन्धि सुझाव राखेका थिए ।

कार्यक्रममा प्रदेश साँसद, स्थानीय तहका प्रमुख, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, राजनीतिक दलका प्रमुख, कर्मचारीको सहभागीता रहेको थियो । समाजका सदस्य बाबुराम भटटराईको स्वागतबाट कार्यक्रम सुरुवात भएको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer