पाल्पामा ४१ जनाको स्वाब संकलन

पाल्पा। कोरोना भाइरस परीक्षणका लागि पाल्पामा ४१ जनाको स्वाब संकलन गरिएको छ।

पाल्पाको तानसेनस्थित क्वारेन्टिनमा भारतबाट फर्किएकासहित १५ तथा दोभानमा खटिएका सुरक्षा र स्वास्थ्यकर्मी २६ जनाको सोमबार स्वाब संकलन गरिएको हो।

भारतबाट आएका जिल्लावासी, क्वारेन्टिनको सुरक्षामा रहेका सुरक्षाकर्मी, भान्से तथा र सम्पर्क खोजी सूचीमा परेका व्यक्तिको स्वाब संकलन गरी परीक्षणका लागि भैरहवा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए। प्रदेश ५ सरकारले १ सय ५० पीसीआर र ६ सय ४० आरडीटी किट उपलब्ध गराएको थियो।

लुम्बिनी मेडिकल कलेज, पाल्पा अस्पताल र मिसन अस्पतालबाट दुई महिनाअघि २५ जनाको स्वाब परीक्षण गरिएको निमित्त प्रमुख न्यौपानेले बताए। अहिलेसम्म विभिन्न पालिकाका क्वारेन्टिनमा बसेका २५८ जनाको आरडिटी गरिएकामा रिपोर्ट नेगेटिभ आएको छ। जिल्लामा ७८ जना क्वारेन्टिनमा बस्दै आएका छन्।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer