कञ्चनमा लघु उद्यम बिकास सम्बन्धि अभिमुखिकरण

अम्बिका परियार
कञ्चन । ‘सिप सिकौं आत्मनिर्भर बनौ’ गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम आर्थिक वष२०७७र०७८को एक दिने अभिमुखिकरण कार्यक्रम रुपन्देहीको कञ्चन ४ मा सम्पन्न भएको छ ।

गरिबीको रेखामुनि रहेका गरिव तथा बिपन्न घर परिवारलाई उद्यमशिलता तर्फ उन्मुख बनाई उद्धेश्यका साथ उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले कार्यक्रम सञ्चालन गरेको हो ।

गरिवीको रेखामुनी रहेका गरिब तथा बिपन्न घरपरिवारको पहिचान र बस्ती छनौटका लागि वडा नं. ४ का टोल बिकास संस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुका लागि सो अभिमुखिकरण कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा लघु उद्यम बिकास कार्यक्रमका फोकल पर्सन मञ्जु भण्डारीले नेपाल सरकार, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको नीति अनुरुप कञ्चन गाउपालिकाको वडा नं. ३ र ४ मा लघु उद्यम बिकास कार्यक्रम लागु भएको बताए ।

कञ्चनमा रहेका गरिब तथा बिपन्न परिवारहरुलाई उधमशिल बनाई आत्म निर्भर बनाउने र उनिहरुको आर्थिक उपार्जनमा सहयोग पुराउन उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको नीति अनुरुप कञ्चन गाउपालिकाको वडा नं. ३ र ४ का ८० जना गरिब तथा बिपन्न परिवारको छनौट गरी उनिहरुको रुचि र सिप अनुसारको तालिम प्रदान गरेर स्वरोजगार बनाई आत्मनिर्भर बनाउन नेपाल सरकारको शसर्त अनुदानमा कञ्चन गाउपालिकाले लघु उद्यम बिकास कार्यक्रम संचालन गरेको बताए ।

कञ्चन गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले लघु उद्यम बिकास कार्यक्रमले बिपन्न परिवारहरुको आर्थिक उपार्जनमा सहयोग पुर्याउने भन्दै मौकाको फाईदा लिन सबै वडाबासीलाई अनुरोध समेत गरेका थिए ।

कार्यक्रममा वडा नं. ४ का जनप्रतिनीधिहरु, वडा सचिव,कर्मचारी, वडा नं. ४ का टोल बिकास संस्थाका अध्ययक्ष तथा प्रतिनीधीहरुको सहभागिता रहेको थियो ।

लघु उद्यम बिकास कार्यक्रमका सहजकर्ता कल्पना कार्कीले लघु उधम बिकास कार्यक्रमबारे कार्ययोजना प्रस्तुत गरिएको थियो भने कार्यक्रम वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीको अध्यक्षता, लघु उद्यम बिकास कार्यक्रमका सहजकर्ता शोभा थापा मगरको संचालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer